हरि तालिका तीज विशेष एकल नृत्य प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम लम्कीमा शनिबार सम्पन्न भएको छ । युथ लिर्डर सीप कर्नर लम्की , कैलालीको आयोजनामा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा लम्कीचुहा नगरपालिकाकी उप प्रमुख टीका थापाले नगरपालिकाले आयोजना गर्नुपर्ने कार्यक्रम युथ लिर्डरसीप कर्नरले गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । कोभिड १९ को जोखिम कायम रहेकाले अझै सचेत रहनुपर्ने र स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय अपनाउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा युथ लिर्डरसीप कर्नरका अध्यक्ष कृष्ण बटालाले यो संस्थाले किशोरीहरूको नेतृत्व विकास देखि अन्य सामाजिक कामहरू विभिन्न कार्यक्रम गर्दै आइरहेको बताएका छन् ।
कार्यक्रममा लम्कीचुहा नगरपालिका क्षेत्रका १ सय ४० जनाभन्दा बढी किशोरीरूको सहभागीता रहेको थियो ।
तीज विशेष एकल नृत्य प्रतियोगितामा प्रतियोगीमा लम्कीचुहा नगरपालिका वडा नं ४ बाट दुर्गा बुढा प्रथम , वडा नं २ बाट दुर्गा उपाध्याय द्वितीय , वडा नं १ बाट आकृति राना तृतीय भएकी थिइन् । प्रतियोगितामा लम्कीचुहा नगरपालिका वडा नं १ देखि १० सम्मका किशोरीहरूले भाग लिएका थिए । एकल नृत्य प्रतियोगितामा प्रथम नगद २ हजार द्वितीय १ हजार ५ सय तृतीय १ हजार नगद सहित प्रमाणपत्र पुरस्कार समेत प्रदान गरिएको थियो । युथ लिर्डर सीप कर्नर लम्कीले सामाजिक क्षेत्रदेखि समाजलाई सचेतना गर्ने र विभिन्न सामाजिक कार्यहरूमा अग्रसरता दिदै आएको छ ।



