महिलाहरूको महान चाड हरितालिका तिज २०७८ को अवसर पारेर आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रम लम्कीमा शनिबार सम्पन्न भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका वडा नं १ मा रहेको लम्की पाहुना घर एण्ड लजको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । डि.पी. ट्रेडर्स , लम्की कैलाली , सुर्य मुन ट्रेडर्स लम्की कैलाली , यशोदा फुड प्रालि तिलोतमा २० रुपन्देहीले प्रायोजक गरेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनु भएकी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा महिला विभाग प्रमुख इश्वरी न्यौपानेले महिलाहरूले आफ्नो अधिकार लिनको लागि आफुपनि सक्षम हुनुपर्ने र आफ्नो गाउँ समाज सबैलाई मिलाएर लिनुपर्ने बताएकी छन् । कांग्रेस तर्फबाट समानुपातिक उम्मेदवार सुशीला शाहीले सबै महिलाहरू एकजुट भएर अगाडि बढ्नुपर्ने बताएकी छन् । दुर्गादेवी बडुवालको सभापतित्वमा भएको कार्यक्रममा महिला नेतृहरू , लम्कीचुहा नगरपालिका क्षेत्रका महिलाहरूको सहभागीता रहेको थियो ।
कार्यक्रममा तीज विशेषको अवसर पारेर दर समेत खुवाइएको थियो । कार्यक्रमको सबै व्यवस्थापन लम्की पाहुना घर एण्ड लजका सञ्चालक सुरेन्द्र बडुवालले गरेका थिए भने सबै महिलाहरू उपस्थित भएकोमा धन्यवाद समेत व्यक्त गरेका थिए ।



