Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

९ वटै वडामा सर्वसम्मत वडा सभापति चयन

९ वटै वडामा सर्वसम्मत वडा सभापति चयन

  • समाचार
  • भाद्र २०, २०७८ आइतवार १०:१५ बजे
  • 6.1K
    SHARES
  • ९ वटै वडामा सर्वसम्मत वडा सभापति चयन

    नेपाली काङ्ग्रेस को १४ औ राष्ट्रिय महाधिवेशनको तल्लो तह वडा अधिवेशन भदौ १८ गतेदेखि सुरु भएको छ।    दैलेखको चामुन्डा बिन्द्रासैनी नगरपालिकाका ९ वटै वडामा भदौ १८ गते नै वडा अधिवेशन सर्वसम्मत रूपमा सपन्न भएको नगर सभापति जगत बहादुर शाहीले जानकारी दिनु भएको छ।                                                  वडा नम्बर १ को सभापतिमा गोबिन्द पौडेल , वडा नम्बर २को सभापतिमा पदम बहादुर रानामगर, वडा नम्बर ३ को सभापतिमा अमर बहादुर शाही ,वडा नम्बर ४ को सभापतिमा कुबेर बहादुर शाही , वडा नम्बर ५ को सभापतिमा पुर्ण बहादुर कार्की , वडा नम्बर ६ को सभापतिमा जगत बहादुर शाही ,वडा नम्बर ७ को सभापतिमा कुबेर बहादुर शाही बी , वडा नम्बर ८ को सभापतिमा नम बहादुर बुढा र वडा नम्बर ९ को सभापतिमा जोरासिंह खडका निर्विरोध निर्वाचित भएका छन् ।                                                                   वडा कार्यसमिति ३१ सदस्यीय र प्रत्येक वडा बाट १६ जनाका दरले क्षेत्रीय प्रतिनिधि समेत निर्विरोध छनौट भएका छन् ।                                                         कार्यक्रममा नेपाली काङ्ग्रेस दैलेखका पुर्व पार्टी सभापति तथा कर्णाली प्रदेश सभा नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक हिम बहादुर शाही , क्षेत्र नम्बर २ ख प्रदेश सभा सदस्यका उम्मेदवार तथा नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि दिकपाल कुमार शाही लगायतको उपस्थिति रहेको थियोे ।                                                                              नगर सभापतिमा बर्तमान सभापति जगत बहादुर शाही र जोगीराम शाहीले उम्मेदवारी घोषणा गरेका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images