Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

श्री चम्किलो तारा प्राथाथमिक विद्यालयको अभिभावक भेला सम्पन्न

श्री चम्किलो तारा प्राथाथमिक विद्यालयको अभिभावक भेला सम्पन्न

  • समाचार
  • भाद्र २०, २०७८ आइतवार १६:१० बजे
  • 1.3K
    SHARES
  • श्री चम्किलो तारा प्राथाथमिक विद्यालयको अभिभावक भेला सम्पन्न

              श्री चम्किलो तारा प्राथमिक विद्यालय लम्कीचुहा ६ बावनपुरको चौथो अभिभावक भेला आईतबार सम्पन्न भएको छ । विद्यालयको आर्थिक र प्रगति प्रतिवेदन प्रस्तुत गर्दै भेला भेला सम्पन्न भएको हो ।                                                                                          विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढक बहादुर बिकले विद्यालयले धेरै चुनौतीको सामना गर्दै यो अवस्था सम्म आई पुगेको बताए । अहिले विद्यालयमा शिक्षकको अभाव भएकोले पननपाठनमा समस्या भएको उनले बताए । विद्यालय शिक्षाको विकासमा निरन्तर लागि परेको भन्दै अभिभावकले पनि साथ र सहयोग गर्नुपर्नेमा बिकले जोड दिए ।                                                                                               आर्थिक बर्ष २०७६ र २०७७ मा आम्दानी ९ लाख ६२ हजार ३७ रुपैया र खर्च ११ लाख ८४ हजार ८ सय ८६ रुपैया मध्ये २ लाख २२ हजार ८ सय ४९ रुपैया आम्दानी भन्दा खर्च बढी आएको शिक्षक अशोक चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।                                                                       विद्यालय स्थापना भएदेखिको कर्मचारीको भुक्तानी दिन बाँकी रकम १३ लाख ७८ हजार १ सय ७९ रुपैया रहेको प्रतिवेदन भेलामा पेश गरिएको थियो ।                                                                    भेलाका प्रमुख अतिथि एवम् लम्कीचुहा शिक्षाशाखा प्रमुख गौरीकान्त न्यापानेले संस्थापक विद्यालयका अध्यक्ष कर्णखर ढकाल लाई दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए । विद्यालयले प्रमुख अतिथि न्यौपानेलाई मायाको चिनो दिएर सम्मान गरेको थियो ।                                                        भेलाले नयाँ विद्यालय व्यवस्थापन समिति चयन गर्ने विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक बलबहादुर रावतले संचालन गरेको कार्यक्रममा अतिथिहरूलाई शिक्षिका बिस्ना बिसी सपनाले स्वागत मन्तव्य मार्फत स्वागत गरेकी थिईन।    received_812743116032535.jpeg

  • सम्बन्धित विषय:

  • # #education

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images