अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौं महानगरपालिका–१४ का वडा सदस्य वसन्त महर्जनलाई घुससहित पक्राउ गरेको छ। जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाण–पत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौंलाई सिफारिस दिनका लागि सेवाग्राहीसँग घुसवाफत लिएको २ लाख रूपैयाँसहित अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ। महर्जनलाई उक्त रकमसहित कलंकी, खसी बजारस्थित न्यू कान्तिपुर तन्दुरी भोजनालयबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।



