नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्यूगिनीमाथि २ विकेटको जित हात पारेको छ। मंगलबार ओमानमा पपुवा न्यूगिनीले दिएको १ सय ३५ रनको लक्ष्य नेपालले ३९.३ ओभरमा ८ विकेट गुमाएर भेट्टायो। रोहित रन टाइ भएको अवस्थामा ४१ रन बनाएर आउट भएका थिए भने सोमपाल २२ रनमा अविजित रहे। रोहितकुमार पौडेल र सोमपाल कामीको अर्धशतकीय साझेदारीले नेपाललाई खेल जित्न निकै मद्दत पुगेको थियो। पहिले ब्याटिङ गरेको पपुवा न्यूगिनीले ३३ ओभरमा सबै विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो। नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई १५ रनमा गुमायो। २८ बलमा २ चौका प्रहार गरेका कुशललाइ चाद सुपरले एलबिडब्लु आउट गरे। यस्तै दोस्रो विकेटको रुपमा आसिफ शेख ३० रनमा आउट भए। यस्तै २० बलको सामना गरेका कप्तान ज्ञानेन्द्र मल्ल ६ रनमा पेभेलिएन फर्किए। २८ ओभरमा सात खेलाडी गुमाउँदै ८२ रन बनाएर धर्मराएको नेपाली क्रिजलाई सोमपाल कामी र रोहित पौडेलले सम्हालिएको प्रर्दशनतर्फ लम्काएका थिए। जितका लागि मात्र १ रन आवश्यक रहँदा पौडेल आउट भएका थिए। ओमानको अल अमिरात क्रिकेट मैदानमा जितका लागि १ सय ३५ रनको लक्ष्य पछ्याएको नेपालले मात्र ३९ दशमलब ३ ओभरमा ८ विकेट गुमाएर निर्धारित लक्ष्य भेट्टाएको हो। कामीले २२ तथा रोहितले ४१ रन बनाए।



