नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संशोधन नभई संसदले पास नगर्ने बताएका छन् । मंगलबार पार्टी सम्वद्ध योङ कम्युनिस्ट लिग (वाईसीएल) को केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । सत्तारूढ दलको बैठकमा सम्बोधन गर्दा एमसीसीबारे केही बोलेका थिएनन् । तर बैठकमा सहभागीहरुले एमसीसीबारे के हो भनेर पार्टीको धारणा मागेपछि प्रचण्डले फेरि सम्बोधन गरेका हुन् । उनले भने, ‘संशोधनका लागि कूटनीतिक पहल भइरहेको छ । संशोधन नभई पारित हुँदैन ।’



