Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

प्रधानमन्त्री माथि ढुंगा प्रहार गरेे

प्रधानमन्त्री माथि ढुंगा प्रहार गरेे

  • समाचार
  • भाद्र २३, २०७८ बुधवार १५:३३ बजे
  • 3.2K
    SHARES
  • प्रधानमन्त्री माथि ढुंगा प्रहार गरेे

    प्रधानमन्त्रीमाथि प्रचार अभियानका क्रममा ढुंगा प्रहार गरिएको छ। मंगलबार ओन्टारियोमा एउटा ब्रुअरीको भ्रमणपछि बसमा फर्कने क्रममा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई ढुंगा प्रहार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। प्रधानमन्त्री ट्रुडोलाई चोट भने लागेको छैन।                                              सीटीभी नेसनल न्युजका अनुसार मिडिया बसमा सवार दुई जनालाई पनि ढुंगाले लागेको छ। ट्रुडोले अगस्टमा मध्यावधि चुनाव घोषणा गरेका थिए। क्यानडामा सेप्टेम्बर २० मा संघीय चुनाव हुँदैछ। लिबरल पार्टीलाई बहुमत दिलाउने उद्धेश्यसहित ट्रुडोले प्रचार अभियानलाई तीव्र बनाएका छन्। तर कोरोनाविरुद्धको खोप अनिवार्य र अन्य प्रतिबन्धलाई लिएर क्यानडामा विरोध प्रदर्शन भइरहेको छ।                                                        प्रधानमन्त्री ट्रुडोको चुनावी अभियानलाई नै लक्षित गरी केही दिनदेखि विरोध प्रदर्शन भइरहेका छन्। एक हप्तादेखि ठूलो विरोध हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै उनले एउटा र्‍याली स्थगितसमेत गरेका थिए।                                                                         उनले प्रदर्शनकारीका व्यवहार अस्वीकार्य रहेको प्रतिक्रिया दिएका छन्। साथै उक्त विरोध प्रदर्शनले चुनावी र्‍यालीलाई मात्र नभएर स्वास्थ्यकर्मी, रेस्टुरेन्ट सञ्चालक र प्रान्तीय राजनीतिज्ञलाई समेत प्रभावित बनाएको उनको भनाइ छ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images