काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा दैलेख निवासी गोबिन्द रिजाललाई जिम्मेवारी दिइएको छ। गृह मन्त्रालयले काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई मन्त्रालयमा सरुवा गर्दै उनको ठाउँमा प्रशासन महाशाखा प्रमुख रिजाललाई जिम्मेवारी दिइएको हो। कैलाली, सल्यान, रौतहट सर्लाही , दाङ, मकवानपुरलगायत देशका ठूला तथा महत्वपूर्ण जिल्लाको कमाण्ड सम्हाली सकेका रिजाल गृह प्रशासनका अनुभवी तथा अब्बल प्रशासकका रुपमा चिनिन्छन्। रिजाल सबैभन्दा लामो समय कैलालीमा करिब २३ महिना र दाङमा २२ महिना सिडिओ भएर काम गरेका थिए।



