दैलेखको अाठबीस नगरपालिकाका सबै वडाहरुमा नेपाली कांग्रेसका वडा सभापतिहरु सर्वसम्मत चयन भएका छन् ।
वडा नं १ मा ज्ञानेन्द्र ब थापा , २ मा शिवराज खनाल , ३मा डबल कार्की , ४ मा भिम बहादुर माझी , ५ मा रमेश जैशी, ६ मा रंगराज पुरी , ७ मा तिलक बि क , ८ मा महेश शाही , ९ मा करबीर बडुवाल चयन भएका छन् ।
दलित समुदायबाट सभापति बनाउन ठुलाे मन गर्नु भएका नेपाली कांग्रेसका वडाबासी सम्पूर्ण दिदिबहिनी दाजु भाई प्रति हार्दिक धन्यवाद व्यक्त गरिएको छ । युवापिढीकाे जमात बढी देखिएकाे हुदा समुदायले अव केहि राम्रो परिणाम काे अपेक्षा गरेकाे छ ।
हामी साथ दिन तयार छाैं तपाईंहरु परिणाम निकाल्न लागि पर्नुपर्ने नेपाली काङ्ग्रेसकि महिला नेतृ एवम् आठबिस नगरपालिकाकि उप - प्रमुख दिपा बोहराले जानकारी दिनु भएको छ।



