नेपाली कांग्रेसका प्रवक्ता एवं केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले आसन्न १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन्। बिहीबार सुन्दरीजलमा पुगेर शर्माले उम्मेद्वारी घोषणा गरेका हुन्। बीपी कोइरालाले जेल जिवन बताएको सुन्दरीजल जेलमा पुगेर १०८ औँ बीपी जन्मजयन्तीको अवसरमा शर्माले पार्टी महामन्त्री उठ्ने घोषणा गरेका हुन्। यसअघि कांग्रेस युवा नेता गगन थापाले पनि महामन्त्रीमा उम्मेद्वारी घोषणा गरि सकेका छन्। कांग्रेसमा यसपटकदेखि दुई महामन्त्री निर्वाचित हुने व्यवस्था रहेको छ।



