दिगो विकास समाज भजनी कैलाली र वल्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा कैलालीमा संचालित महिला तथा रोजगारी गुमेका व्यक्तिहरुका लागि आर्थिक पुर्नलाभ परियोजना अन्तर्गत २ सय ४० जनालाई कृषि उत्पादन सामग्री वितरण शुक्रबार सम्पन्न भएको छ ।
रोजगारी गुमेका व्यक्तिहरुको आर्थिक पुनर्लाभ गर्ने उदेश्यले सामग्री बितरण गरिएको हो । कृषि उत्पादन सामाग्री प्राप्त गर्नेहरूमा कैलालीको भजनी नगरपालिका वडा नं ४ ,९ , घोडाघोडी नगरपालिका वडा नं १,२,३ ,५,७,८,१०,११,१२, कैलारी गाउँपालिका ८ , गौरिगंगा नगरपालिका १० र ११ गरिएको हो ।
जम्मा २ सय ४० जनालाई २१ लाख ४३ हजार ४ सय रुपैयाँ बराबरको कृषि सामाग्री वितरण गरिएको दिगो विकास समाज भजनी कैलालीका परियोजना अधिकृत प्रभु ढकालले जानकारी दिनु भएको छ ।



