दैलेख जिल्लाको मध्यवर्ती क्षेत्रमा रहेको चामुन्डा बिन्द्रासैनी नगरपालिकाको नगर कार्यसमितिको सभापति पदका लागि बर्तमान सभापति जगत बहादुर शाहीले आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छ। वि.सं २०२४ साल मंसिर ९ गते दैलेखको साविक जम्फुकाध गाउँ पन्चायत वडा नम्बर २ गोठीमा जन्मेका शाही बुवा कनक बहादुर शाही र आमा देउकला शाहीका जेष्ठ पुत्र हुन । शाहीले २०४१ सालमा बिजया नमुना माध्यमिक विद्यालय दुल्लुबाट एस .एल .सी .उतिर्ण गर्नु भएको थियो । कक्षा १० मा अध्ध्यन गर्ने क्रममा नै कर्णाली प्रदेश नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक हिम बहादुर शाही ,जिल्ला बिकास समिति दैलेखका पुर्व उपसभापति खडग बहादुर सिजापती ,साविक दुल्लु गाउबिकास समितिका अध्यक्ष स्व, पुर्ण बहादुर भन्डारी,शिक्षक नारायण प्रसाद शर्मा लगायत नेपाली काङ्ग्रेसका नेताहरुबाट नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा आवद्ध हुनु भएको थियो । २०४१ सालमा बिजया नमुना माध्यमिक विद्यालय दुल्लुको नेविसंघ इकाई सभापतिबाट आफ्नो राजनीति यात्रा सुरुवात गर्नु भएको थियो । २०४६ सालमा बहुदलीय ब्यबस्था आइसके पछि २०४८ सालमा दैलेख क्षेत्र नम्बर २ को क्षेत्रीय सदस्य , २ पटक साविक जम्फुकाध गाउँ बिकास समिती गाउकार्य समिती सभापति नेपाली काङ्ग्रेसको १२ औ अधिवेशनमा दैलेख जिल्ला कार्यसमितिको सदस्य र साविकको चामुन्डा ,जम्फुकाध र लयाटीबिन्द्रासैनी गाउबिकास समिति लाई समायोजन गरि बनाइएको चामुन्डा बिन्द्रासैनी नगरपालिकाको नगरकार्यसमिती सभापतिको जिम्मेवारी सम्हालेर पार्टी संगठन बिस्तार गरि १४ औ अधिवेशनमा नगरपालिकाका ९ वटै वडा अधिवेशनहरू सर्वसम्मत गराउन सफल हुनु भएको छ। साथै बर्तमान सभापति शाही २०४९ सालमा स्थानीय निकायको निर्वाचनमा नेपाली काङ्ग्रेसका तर्फबाट साविक जम्फुकाध गाउबिकास समितिको उपाध्यक्षपदमा निर्वाचित हुनु भएको थियो , भने २०५४ सालको स्थानीय निकायको निर्वाचन नेपाली काङ्ग्रेसको तर्फबाट अध्यक्ष पदको उम्मेदवार हुँदा झिनो मतले नेकपा एमालेका उम्मेदवार मान बहादुर कार्कीसङ्ग पराजय हुनु परेको थियो । सभापति शाही २०७० सालमा दैलेख उद्योग बाणिज्य संघको सदस्य पनि हुनुहुन्थ्यो । २ बर्ष बिश्वब्यापी रूपमा फैलिएको कोभिड १९ का कारण नगर कार्यसमितिले समाजले सोचे जस्तो पार्टीले कार्य गर्न नसकेको र आगामी दिनमा चामुन्डाबिन्द्रासैनी नगरपालिकामा आफुले पार्टी सभापतिमा जिम्मेवारी पुनः सम्हालेर पार्टी को बिधि,बिधान ,पद्धति अनुसार वडा देखि नगर सम्म पार्टी चलायमान बनाउने ,आउदो स्थानीय तह ,प्रदेश सभा,र संघीय निर्वाचनमा पार्टी उम्मेदवार लाई पहिलो स्थान दिलाउने शाहीले सभापति पदको उम्मेदवारी सङ्गै आफ्नो प्रतिबद्धता जनाउनु भएको छ। यहि असोज ९ गते नगर अधिवेशनमा कर्णाली प्रदेश सभा नेपाली काङ्ग्रेस ससदिय दलका प्रमुख सचेतक हिम बहादुर शाही ,प्रदेशसभा ख प्रदेश सभा सदस्यका उम्मेदवार दिकपाल कुमार शाही सहित १ सय ५५ जनाले नगर अधिवेशनमा भाग लिदै छन् । नेपाल तरुण दल युवा बिभाग केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश संयोजक राजेश कुमार शाही ,तरुण दलका केन्द्रिय सदस्य तथा जिल्ला कार्यसमिति सदस्य गणेश बहादुर शाही , नेबिसंघका सह महामन्त्री ईश्वर बिष्ट, केन्द्रिय सदस्य प्रेमबहादुर शाही लगायत प्रभावशाली नेताहरु चामुन्डा बिन्द्रासैनीमा प्रभाव रहेको छ। शाहीले नगर सभापतिमा निर्वाचित गराउन सहयोग गर्न सम्पूर्ण जनप्रतिनिधि , पार्टीका नेता तथा कार्यकर्ता सबैलाई आग्रह गर्नु भएको छ ।



