लम्की लेडि जेसीजको आयोजनामा महिलाहरूको महान चाड हरितालिका तिजको अवसरमा शुभकामना तथा दर खाने कार्यक्रम शुक्रबार लम्की पाहुना घरमा सम्पन्न भएको छ ।
लम्की लेडि जेसीजकी अध्यक्ष दुर्गा गुरुङको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि समानुपातिक उम्मेदवार एवम् नेपाली कांग्रेसकि प्रभावशाली महिला नेतृ सुशीला शाही रहनु भएको थियो भने विशिष्ट लम्कीचुहा स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसी रहनु भएको थियो । कार्यक्रममा लम्की लेडि जेसीजका पदाधिकारी तथा सदस्यहरूको सहभागीता रहेको थियो । कार्यक्रममको सञ्चालन लेडी जेसीजकी महासचिव शान्ति चन्दले गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समानुपातिक उम्मेदवार शाहीले महिला हक अधिकारको लागि सबै एक भएर लाग्नुपर्ने बताएकी छन् । महिलाको हक अधिकार सुनिश्चित गर्न सबै क्षेत्र तह र तप्काले भुमिका खेल्नुपर्ने र एकता नै आजको आवश्यकता रहेको र आफ्नोतर्फबाट महिला हक अधिकारको पक्षमा पहल गर्न र अधिकारका लागि कटिबद्ध भएको बताउनुभएको थियो ।



