नेपाली काँग्रेसका महासमिति सदस्य , अग्रज नेता तथा संविधानसभाका सदस्य मान बहादुर महतोको निधन भएको छ। कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ९ का महतोको शनिबार राति निधन भएको हो । नेपाली कांग्रेसका निवर्तमान क्षेत्रीय सभापति देवानन्द जैसीका अनुसार ७१ वर्षीय महतोलाई छाती दुखेपछि अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा कोहलपुरमा निधन भएको हो। विं स. २००७ साल फाल्गुन ७ गते उहाँको जन्म भएको थियो । महतो तत्कालीन प्रतापुर गाविस अध्यक्ष तथा प्रजातान्त्र , लोकतन्त्र र गणतन्त्रका लागि महत्त्वपूर्ण योगदान रहेको छ । संविधानसभा सदस्य भइसकेका महतो काँग्रेसका पुराना नेताका रुपमा चिनिन्छन । उहाँको प्रतापपुरमा रहेको सनकट्टी घाटमा आज आइतबार १० बजे दाहसंस्कार गरिने बताइएको छ ।



