Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह , निपा भाइरसबाट सचेत रहौ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह , निपा भाइरसबाट सचेत रहौ

  • समाचार
  • भाद्र २८, २०७८ सोमवार १९:३५ बजे
  • 1.4K
    SHARES
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह , निपा भाइरसबाट सचेत रहौ

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपा भाइरसको सङ्क्रमणप्रति सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको सङ्क्रमण देखिएकाले नेपालमा पनि फैलिन सक्ने भएकाले सचेत रहन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले भारतसँग खुला सीमा भएकाले यहाँ पनि फैलिनसक्ने भएकाले सचेत रहन आग्रह गरिएको बताउनुभयो ।                                                भारतको केरला राज्यमा केही दिनदेखि निपा भाइरसको सङ्क्रमण देखिएको छ । उहाँका अनुसार नेपालमा अहिलेसम्म यस भाइरसका सङ्क्रमित फेला परेका छैनन् । निपा भाइरस एक प्रकारकाे पशुबाट मानिसमा सर्ने गम्भीर प्रकृतिको रोग लाग्ने भाइरस हो । यस भाइरस प्राकृतिकरुपमा ‘फूट ब्याट’ भन्ने प्रजातिको चमेरामा पाइन्छ ।                                                      निपा भाइरस जनावरबाट जनावर, जनावरबाट मानिस र मानिसबाट मानिसमा सर्ने गर्दछ । सङ्क्रमित चमेराबाट सुँगुर, गाई, गोरु जस्ता जनावर हुँदै मानिसमा सर्ने गर्दछ । यस्तै सङ्क्रमित पशुको संसर्गमा आएको फलफूल प्रयोग गरेमा, सङ्क्रमित व्यक्तिको रगत, दिसा र पिसाबसँग प्रत्यक्ष सम्पर्कमा आएमा पनि निपा भाइरस सर्ने गर्दछ । याे भाइरसका लक्षण ज्वरो आउने, रिङ्गटा लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, श्वासप्रश्वासमा कठिनाइ हुने र टन्सिलाइटिस देखिने गर्दछ । यो रोग बढी सङ्क्रामक पनि हुने गरेको छ । निपा भाइरसबाट बच्नका लागि फलफूल राम्रोसँग पखालेर मात्र खाने, तरकारी सकेसम्म पकाएर खाने, गाईवस्तुको गोठ र फार्म सफा राख्ने, मासु काट्दा र पकाउँदा पञ्जा र मास्कको प्रयोग गर्ने, सकेसम्म पानी उमालेर मात्र पिउने, बेलाबेलामा साबुनपानीले हात धुने, भीडभाडमा जाँदा मास्क लगाउने गर्नुपर्दछ ।                                                                               मन्त्रालयका प्रवक्ता डा पौडेलका अनुसार याे भाइरसबाट ४५ देखि ७५ प्रतिशत मानिसमा ज्यान जाने जोखिम रहेको छ । विश्वस्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले निपा भाइरसबाट सर्ने रोगलाई विश्वको १० प्राणघातक रोगमध्ये एक मानेको छ । 

  • सम्बन्धित विषय:

  • # शेर बहादुर देउवा

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images