कैलालीको लम्कीचुहा नगरपालिका वडा नं १ र २ मा स्वास्थ्य सामाग्री वितरण गरिएको छ । वडा नं १ मा रहेको पिपुल्स सामुदायिक अस्पतालमा समेत स्वास्थ्य सामाग्री बुधबार हस्तान्तरण गरिएको छ । स्वास्थ्य सामाग्रीहरूमा सर्जिकल मास्क, के. एन–९५ मास्क, सेनिटाइजर, पल्स अक्सोमिटर, डिजिटल थर्मोमिटर, पिपिइ सेट , अक्सिजन कन्सन्ट्रेटर , थर्मोगन, लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।
नेपाल विद्यार्थी संघका युवा नेता तथा युवा समाजसेवी अरुण जनालाले समन्वय गरेका थिए । स्वास्थ्य सामाग्रीहरू पहलकर्ताहरूमा नेपाली कांग्रेसका महासमिति सदस्य तथा युवा नेता कमल बहादुर शाह, नेपाल विद्यार्थी संघका महामन्त्री युवराज पाण्डे , समानुपातिक उम्मेदवार एवं महिला नेतृ शुशिला शाही , नेपाली कांग्रेसका निवर्तमान क्षेत्रीय सभापति देवानन्द जैसी , लम्कीचुहा नगर सभापति रामबहादुर बिष्ट , नेपाली कांग्रेस कैलालीका आमन्त्रित सल्लाहकार सदस्य तथा समाजसेवी खडानन्द सापकोटा , नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य चन्द्रबहादुर विक लगायतकाले पहल गर्न सहयोग गरेका थिए ।
स्वास्थ्य सामाग्रीहरू स्वास्थ्य विभाग टेकु काठमाडौंबाट पहल गरेर ल्याइएको हो । कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा , यसको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सेवा विभाग टेकुको सिफारिसमा अत्यावश्यक सामाग्रीहरु ल्याइएको हो । उक्त स्वास्थ्य सामाग्रीहरू महिला नेतृ सुशीला शाही , युवा विद्यार्थी नेता अरुण जनाला , युवा समाजसेवी प्रयागराज खनालले हस्तान्तरण गरेका हुन् । 



