कर्णाली प्रदेशको दैलेख जिल्ला निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा गणेश बहादुर शाहीले आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छ। साविक चामुन्डा गाउँ पन्चायत को ५ नम्बर वडा बुडेली र हाल चामुन्डा बिन्द्रासैनी नगरपालिका वडा नम्बर ४ बुडेली निवासी शाही हाल कर्णाली प्रदेश सभा नेपाली काङ्ग्रेस ससदीय दलका प्रमुख सचेतक तथा पुर्व जिल्ला बिकास समिति दैलेखका सभापति ,नेपाली काङ्ग्रेसका प्रभावसाली नेता हिम बहादुर शाही बुवा र आमा बिमला देवि शाहीका ७ भाइ छोरा मध्ये गणेश बहादुर शाही साइला हुन । उहाँको जन्म वि.सं २०४१ साल चैत्र १ गते भएको हो ।उहाँ विद्यार्थी जिवनमा चामुन्डा नमुना माध्यमिक विद्यालय चामुन्डाबिन्द्रासैनी ३ हडाकोट दैलेखमा २०५५ सालमा बुवा हिम बहादुर शाही र दाजु पुर्व माननीय नेपाली काङ्ग्रेसका नेता रङ्ग बहादुर शाहीको प्रेरणा बाट नेपाल विद्यार्थी संघमा आवद्ध भएको बताए ।२०५७ सालमा चामुन्डा माबिमा नेबिसंघ इकाई सभापतिको जिम्मेवारीबाट राजनीति यात्रा सुरुवात गर्नु भएको थियोे ।२०५७ सालमा सोही विद्यालय बाट एस एलसी उतिर्ण गर्नु भएका नेपाली काङ्ग्रेसकाकर्मठ ,जुझारु ,निष्ठावान युवा नेता शाही २०५७ नेपाल विद्यार्थी संघ दैलेखको जिल्ला कार्यसमिति सदस्य ,२०५९ साल नेपाल तरुण दल दैलेख जिल्ला कार्यसमिति सदस्य २०६१ साल त्रिचन्द्र कलेज काठमाडौको नेपाल विद्यार्थी संघको इकाई सदस्य , नेपाली काङ्ग्रेस को १२ औ महाअधिवेसनमा क्षेत्रीय प्रतिनिधि र १३ औ महाअधिवेशनमा जिल्ला कार्यसमिति सदस्य र नेपाल तरुण दलको केन्द्रीय प्रतिनिधिको जिम्मेवारी सम्मालेर पार्टी संगठन बिस्तार गर्न अहोरात्र जोखिम मोल्दै गरेको अनुभव शाहीमा छ। २०७२ सालमा बिपि चिन्तन तथा अध्ययन प्रतिस्ठान दैलेखको महासचिवको जिम्मेवार सम्हालेर जिल्लाभर पार्टीका गतिविधि ,कार्यक्रम , संगठन बिस्तार गरेर अग्रज ,युवा कार्यकर्ताको मन जित्न सफल भएका छन् । उहाँले राजनीति शास्त्र र समाज शास्त्रमा त्रिभुवन विश्व विद्यालय बाट २०६९ मा एमए पास गर्नु भएको छ। २०७४ को स्थानीय तहको निर्वाचनमा चामुन्दाबिन्द्रासैनी नगरपालिका दैलेखको नगरप्रमुख पदमा नेपाली काङ्ग्रेसका तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो । युवा नेता शाहीले नेकपा एमाले का सुर्य बहादुर शाही सङ्ग झिनोमतान्तर ६५ मतको अन्तरले पराजय भोग्नु परेको थियोे । विद्यार्थी जीवन देखि नेपाली काङ्ग्रेसमा सक्रिय भइ समाजसेवा निरन्तर लागि रहका दैलेखका ११ वटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गराउन महत्त्वपूर्ण भुमिका निर्वाह गर्नु भएको छ। दैलेख क्षेत्र २ नं का दुल्लु ,चामुन्डाबिन्द्रासैनी ,आठ्बिस ,नगरपालिका र ठाटिकान्ध भैरवी गाउपालिकाका क्षेत्रीय प्रतिनिधी,पार्टीका अग्रजनेता ,वडा सभापतिहरु सङ्ग बाक्लो भेटघाट ,सल्लाह सुझाव लिदै सर्वसम्मत नेतृत्व चयन गरि पार्टी बलियो र मजबुतको सन्देश दिन शाही अहोरात्र खटिनु भएको छ। अबको नेतृत्व चयन बाट आगामी स्थानीय ,प्रदेश ,र संघीय निर्वाचन मा पार्टी बिधान ,पद्धति ,अनुशासन ,सुशासन कायम गरि पार्टी का उम्मेदवारलाई निर्वाचित गराइ ,दैलेख क्षेत्र नम्बर २ मा पहिलो पार्टी बनाउन क्षेत्रीय सभापतिमा आफ्नो उम्मेदवारी रहेकोे शाहीले बताउनु भएको छ।



