कैलालीको टिकापुरमा कैलाली होटेल व्यावसायिक संघ टिकापुर कैलालीको १२ औ वार्षिक साधारण सभा तथा ५ औ चुनावी अधिवेशन सप्पन्न भएको छ।
कैलाली होटल व्यावसायी संघका अध्यक्ष नरेन्द्र बहादुर शाहीको सभापतित्व भएको कार्यक्रमका प्रमुख अतिथ राष्ट्रिय होटेल व्यावसायी महासंघ केन्द्रीय अध्यक्ष हिराध्वज शाह रहनु भएको थियो ।बरिस्ठ उपाध्यक्ष खेमराज कुँवरको स्वागत मन्तव्यसंगै सुरु भएको थियोे ।
कार्यक्रममा नेकपा एमालेका टिकापुर नगर कमिटी सचिव धुर्व खत्री ,नेपाली काङ्ग्रेसका नगर सभापति धनराज उपाध्याय , समाजबादी पार्टीका प्रतिनिधि बिरेन्द्र साउद,नेकपा एकीकृत समाजबादीका झपट सोडारी ,होटेल व्यावसायी संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष दिपक खडका ,होटेल व्यावसायी संघ बाकेका महासचिव रङ्ग बहादुर खडका, होटेल व्यावसायी संघ डोटिका अध्यक्ष राजेन्द्र शाही ,होटेल व्यावसायी संघ कंचनपुरका प्रमानन्द भन्डारी , गोदावरी होटेल व्यावसायि संघ कि अध्यक्ष धना चोखाल ,संघका सल्लाहकार बखत बहादुर बिष्ट लगायतले शुभकामना मनतब्य राखेका थिए । कार्यक्रममा २ लाख ६२ हजार रुपैयाँ आय र १ लाख ५९ हजार ४ सय पचास रुपैयाँ व्याय र १ लाख २ हजार ५ सय पचास रुपैयाँ बचत आर्थिक प्रतिवेदन प्रस्तुत गरिको थियो ।कार्यक्रमको संचालन महासचिव तेज बोहराले गर्नु भएको थियो । यस्तै आगामी ३ वर्षे कार्यकालका लागि अध्यक्षमा खेम राज कुँवर निर्वाचित हुनु भएको छ । बरिस्ठ उपाध्यक्षमा अमर पोखरेल ,महिला उपाध्यक्ष कमला बटाला, उपाध्यक्ष प्रजे धमाला, रेवन्त साउद ,महासचिव तेजबहादुर बोहरा , कोषाध्यक्ष मोतिलाल ओली , सचिव रमेश खडका ,सदस्य हरि राउत ,जमानसिंह बटाला, सीता चन्द , निशान्त बम ,राजेन्द्र कठरिया लगायत १९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएका निर्वाचन समितिका संयोजन गणेश ओझाले जानकारी दिनु भएको छ। नयाँ निर्वाचित अध्यक्ष खेमराज कुँवरको अध्यक्षता पहिलो बैठकद्वारा ३ जना सदस्य मनोनीत गरिने निबर्तमान अध्यक्ष नरेन्द्र शाहीले बताएका छन् ।



