नेपाली कांग्रेसको १४ औं महाधिवेशनको चर्चा परिचर्चा देशभर रहेको छ । महाधिवेशनको समयमा कुन गुटले नेतृत्व आफ्नो पक्षमा पार्ने भनेर एक आपसमा भेटघाट छलफल तथा लोकतान्त्रिक अभ्यास गर्नुलाई स्वभाविक मानिन्छ । नेपाली कांग्रेस क्षेत्र नं २ कैलालीमा समेत महाधिवेशनको रौनकता रहेको छ । क्षेत्र नं २ मा नेपाली कांग्रेसका युवा नेता तथा महासमिति सदस्य कमल बहादुर शाह र नेपाली कांग्रेसका महासमिति सदस्य मोहनसिंह राठौरको गुट रहेको चर्चा कार्यकर्ता तहबाट हुने गरेको छ । महाधिवेशनको समय नजिकिँदै गर्दा एकताको सन्देश दिनका लागि नेपाली कांग्रेसका युवा नेता , महासमिति सदस्य , कैलाली कांग्रेस निर्माणका संगठनकर्ता कमल बहादुर शाहले सहमति कायम गर्नका लागि वार्ता टोली गठन गर्नु भएको छ । नेपाल शिक्षक संघ , नेपाल मगर संघ र नेपाली कांग्रेसको क्षेत्रीय भेलामा सहमतिको लागि आफू बाधक नहुने , सहमतिका लागि प्रस्ताव आएमा आफ्नो पक्षबाट आँखा चिम्लेर हस्ताक्षर गर्न तयार रहेको बताउनु भएको थियो । बोलेर भन्दा काम गरेर देखाउनुपर्छ भन्ने मान्यतालले वार्ता टोली गठन गरिएको , एउटै पार्टीमा रहेका कार्यकर्ताको भावना लामो समयदेखि आफुले बुझेकाले सहमति , सहकार्य र एकताको सन्देश दिन आफू तयार रहेको बताएका छन् । वार्ता टोलीको संयोजकमा नेपाली कांग्रेस क्षेत्र नं २ का निवर्तमान क्षेत्रीय सभापति तथा युवा नेता देवानन्द जैसीको संयोजकत्वमा वार्ता टोली गठन भएको छ । सदस्यहरूमा नेपाली कांग्रेस लम्कीचुहाका नगर सभापति राम बहादुर बिष्ट , नेपाली कांग्रेस बर्दगोरियाका सभापति गणेश बहादुर शाही सदस्य रहेका छन् । वार्ता टोलीका संयोजक जैसीले सहमति कार्यान्वयन गर्न आफुँ प्रतिबद्ध रहेको बताउनु भयो । राष्ट्रियता , लोकतन्त्र र समाजवाद , सहमति , सहकार्य र एकता नै आजको आवश्यकता भएकाले सहमतिका लागि वार्ता टोली गठन गरेर एकताको सन्देश दिन , सबै मिलेर अगाडि बढे लोकतान्त्रिक प्रणालीको जित हुने नेपाली कांग्रेसका नेता खडानन्द सापकोटाले बताउनु भएको छ । सहमतिको लागि वार्ता टोली गठन हुनु एकदमै सकरात्मक कार्य भएको कांग्रेस नेता तथा कार्यकर्ताको बुझाइ रहेको छ । सहमतिको लागि शाह पक्षबाट वार्ता टोली गठन भएपछि राठौर पक्षलाई चुनौती थपिएको छ ।



