कैलालीमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद टुंगिएको सदस्यता छानविन समिति सदस्य योगेन्द्र चौधरीले बताए । उनका अनुसार टीकापुर नगरपालिका–१ मा नयाँ स्थगन गरेर पुरानाबाटै अधिवेशन हुने सहमति भएको छ । त्यस्तै नेकपा एमालेबाट कांग्रेस प्रवेश गरेका नेता मोहनसिंह राठौरलाई कांग्रेसको पुराना क्रियाशील सदस्यता संख्यामा शतप्रतिशतभन्दा नबढ्ने गरी कायम गर्ने समझदारी नेताहरुले गरेका छन् । कैलालीको निर्णय कार्यान्वयनको जिम्मा नेताहरु जीवन परियार र योगेन्द्र चौधरीलाई दिइएको छ ।



