निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) स्थानीय पालिका कार्य समिति लम्कीचुहा कैलालीको तेस्रो पदस्थापन कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
निर्वाचन समितिका संयोजक विष्णु खनालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नगर शिक्षा समितिका सदस्य तथा राष्ट्रिय नमुना माविका प्रधानाध्यापक लोकराज पन्थी रहेका थिए ।
अतिथिमा प्याब्सनका निवर्तमान अध्यक्ष गोविन्द शाह , एकिकृत अखिल नेपाल शिक्षक संगठन लम्कीचुहा अध्यक्ष शिव बहादुर थापा , शिक्षकहरू एकेन्द्र बिष्ट , राजेन्द्र भण्डारी , लम्की जेसीजका अध्यक्ष घनश्याम डांगी लगायतका अतिथि रहेका थिए ।
निर्वाचन समितिका सदस्यहरू हेमन्त कुमार बस्नेत र केशव थापा रहनु भएको थियो ।
लम्कीचुहा नगरपालिका प्याब्सनको अध्यक्षमा मोहनराज ढुंगाना , उपाध्यक्ष रज बहादुर थापा , सचिव भुपेन्द्र तिमिल्सैना , कोषाध्यक्ष जनक बहादुर बिष्ट , सदस्यहरू वेदराज तिमिल्सैना , जगत रेग्मी , फिरु चौधरी ७ सदस्यीय कार्य समिति रहेको छ भने कार्य समितिको पहिलो बैठकले १ सदस्य मनोनीत गर्ने उपाध्यक्ष थापाले जानकारी दिनुभयो ।
कार्यक्रम बोल्दै प्रमुख अतिथि पन्थीले प्याब्सनले सबैको अपनत्व हुने काम गर्नुपर्ने बताउनुभयो । सामुदायिक विद्यालय राजनीतिक हस्तक्षेपका कारण कमजोर बनेको बताए । संस्थागत विद्यालयका कमीकमजोरी भए औल्याउँनु पर्ने र आगामी दिनहरूमा सुधार गरेर जान सहज हुने ब्राइट फ्युचर स्कुलका प्रधानाध्यापक केशव थापाले बताउनु भयो ।



