Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

नेपाली कांग्रेस चामुण्डा बिन्द्रासैनीको नगर सभापतिमा पुनः शाही निर्वाचित

नेपाली कांग्रेस चामुण्डा बिन्द्रासैनीको नगर सभापतिमा पुनः शाही निर्वाचित

  • समाचार
  • आश्विन १०, २०७८ आइतवार ०६:०६ बजे
  • 1.5K
    SHARES
  • नेपाली कांग्रेस चामुण्डा बिन्द्रासैनीको नगर सभापतिमा पुनः  शाही निर्वाचित

    नेपाली काङ्ग्रेस दैलेखको १४ औ अधिवेशन अन्तर्गत चामुण्डा बिन्द्रासैनी नगरपालिकाको नगर कार्यसमितिको सभापतिमा निवर्तमान सभापति जगत बहादुर शाहीले ७६ मत प्राप्त गरि पुनः विजयी भएका छन। शाहीका प्रतिद्वन्दी जोगीराम शाहीलाइ ६ मतको अन्तरले पछि पार्दै पुनः दोस्रो कार्यकालका लागि नगर सभापति पदमा  शाही निर्वाचित भएका हुन।                                                 उपसभापतिमा निरक शाही ७८ मतका साथ निर्वाचित भए भने उनका प्रतिद्वन्दी केशव बहादुर शाहीले ६४ मत पाए। सचिवका उम्मेदवार  जय बहादुर कार्कीले ७९ मतका साथ विजयी भए उनका  प्रतिद्वन्दी आत्माराम बिष्टले ६२ मत पाए सचिव राजेन्द्र शाही ७८ मत प्रतिद्वन्दी भिम बिष्ट ६५ मत  ,सह सचिव तिलक पौडेल ७७ मत , प्रतिद्वन्दी डम्बर खडका ६५ मत सह सचीव लक्ष्मी प्रशाद शर्मा ७५ मत   र प्रतिद्वन्दी तपेन्द्र शाही ले ७० मत प्राप्त गरेका थिए  ।                                                                                         सदस्यहरुमा उत्तम शाही ,जीव बहादुर शाही ,कृष्ण शाही ,ज्वारा शाही ,डल्लि शाही ,रिता कुमारी शाही ,धनाकुमारी शाही ,लक्ष्मी कुमारी शाही ,भरम रावत ,महेश रेग्मी ,धौले दमाई र केशव सुजी ७८/७८ मत प्राप्त गरि विजयी भएका छन । १८ जना निर्वाचित मध्ये सभापति  जगत बहादुर शाहीको प्यानलका १७ जना बिजयी भएका छन।                                                             अपांग आरक्षण कोटाको सदस्य सभापति पदका प्रत्यासी उम्मेदवार जोगीराम शाहीको प्यानलबाट वडा प्रदेश प्रतिनिधिमा वडा नम्बर ५ का वडा अध्यक्ष नारायण प्रशाद शर्मा (रेग्मी) ५७ मत प्राप्त गरि निर्वाचित भएको निर्वाचन समितिका संयोजक कमल बहादुर शाहीले जानकारी दिनु भएको छ।                                  १ सय ५४ मतदाता रहेकोमा निर्वाचनमा १ सय ५० जनाले मतदान गरेका थिए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images