नेपाली काङ्ग्रेसको १४ औ अधिवेशनमा दैलेखको ठाटिकाध गाउँपालिका कार्यसमितिको सभापतिमा बिष्णु कुमार रिजाल ५९ मत प्राप्त गरि निकटतम प्रतिद्वन्दी रबिन्द्र थापा लाई २६ मतको भारी अन्तरले पछाडी पार्दै निर्वाचित हुनु भएको छ।थापाले ३३ मत मात्र प्राप्त गर्नु भएको छ। उप सभापतिमा भुपेन्द्र बहादुर शाहीले ५८ मत प्राप्त बिजयी हुनु भएको छ ।प्रतिद्वन्दी धन बहादुर शाही २६ मत प्राप्त गर्नु भएको छ।उप सभापति भिम बहादुर शाही ५७ मत ल्याइ बिजयी हुनु भएको छ।उहाँका प्रतिद्वन्दी खकेन्द्र बहादुर शाहीले २६ मत प्राप्त गर्नु भएको छ।सचिव कृपाराम भन्डारीले ६१ मत , हेम बहादुर शाहीले ५८ मत प्राप्त गरि बिजयी हुनु भएको छ।उहाँका प्रतिद्वन्दी भिम बहादुर बम र लोकेन्द्र शाहीले २६/२६ मत प्राप्त गर्नु भएको थियो । सह सचिबमा जीवन कुमार शाही र गणेश रावत सहित सदस्यहरु समावेशी ,आरक्षण गरि ३० जना सदस्य हरु पनि निर्बिरोध निर्वाचित हुनु भएको छ। क्षेत्रीय प्रतिनिधि अपांग आरक्षण कोटा बाट दिप कुमार शाही निर्वाचित हुनु भएको छ। जम्मा १ सय मतदातामा ३ जना उपस्थित भएनन् भने ९७ मत खसेको र ५ मत बदर भएको निर्वाचन समितिका संयोजक लभ बहादुर शाहीले जानकारी दिनु भएको छ। निर्वाचित पधाधिकारीहरु सभापति रिजाल समुहका हुन र रिजाल पौडेल समुह हुन ।



