कैलाली होटल व्यवसायी संघको आयोजना र लम्कीचुहा नगरपालिका भल्का कैलालीको सहयोगमा विश्व पर्यटन दिवसको अवसरमा कर्णाली चिसापानीका सोमबार कार्यक्रम सम्पन्न भएको छ ।

कैलाली होटल व्यवसायी संघका अध्यक्ष नरेन्द्र बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि लम्कीचुहा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष भक्तबहादुर चलाउने रहनु भएको थियो भने विशिष्ट अतिथिमा इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्त रहनु भएको थियो ।
कार्यक्रममा होटल व्यावसायी कैलालीका नवनिर्वाचित अध्यक्ष खेमराजसिंह कुवँरको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन कैलाली होटल व्यावसायी संघका महासचिव तेज बहादुर बोहराले सञ्चालन गरेका थिए ।
कार्यक्रममा चिसापानी बजार व्यवस्थापन समितिका अध्यक्ष पुर्ण भण्डारी , पर्यटन व्यावसायी विष्णुप्रसाद जैसी , बडि मालिका सांस्कृतिक समुहका अध्यक्ष बलबहादुर बोगटी लगायतले आफ्नो मन्तव्य राखेका थिए ।
लम्कीचुहा नगरपालिका वडा नं ३ का अध्यक्ष चलाउनेले चिसापानी क्षेत्र पर्यटनको संभावना रहेको बताएका छन् । सबै मिलेर सानातिना कुराहरू समाधान गर्दै सुन्दर कर्णाली चिसापानी बनाउने अभियानमा लाग्नुपर्ने बताए ।

इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्तले सुदुरपश्चिम प्रदेशको प्रवेशद्वारमा रहेको कर्णाली चिसापानी सुदुरपश्चिमकै उत्कृष्ट पर्यटन केन्द्र बन्न सक्ने बताएका छन् ।

कार्यक्रममा बोल्ने वक्ताहरूले राज्यले पर्यटनको प्रचारप्रसारमा विशेष ध्यान दिनुपर्ने बताएका थिए ।
सहभागी अतिथि पाहुनालाई कर्णाली चिसापानीमा होटल व्यावसायी संघले खिर खुवाएर स्वागत गरेका थिए भने सुदुरपश्चिम प्रदेशको सांस्कृतिक झल्काउने देउडा खेल मार्फत पर्यटन प्रचारप्रसारका विषयमा देउडा गीत मार्फत प्रस्तुत गरेका छन् ।



