Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

प्रदेश स्तरीय बालबाटिका फुटबल लिग प्रतियोगिता कैलालीमा हुने

प्रदेश स्तरीय बालबाटिका फुटबल लिग प्रतियोगिता कैलालीमा हुने

  • समाचार
  • आश्विन १४, २०७८ बिहिवार १८:४९ बजे
  • 1.6K
    SHARES
  • प्रदेश स्तरीय बालबाटिका फुटबल लिग प्रतियोगिता कैलालीमा हुने

    ‘पारस्परिक सद्भाव शैक्षिक विकास,लैङ्गिक समानता एवम् स्वास्थ्यका लागी खेल’ भन्ने मूल नाराका साथ कैलालीको बर्दगोरियामा गाउँपालिकामा फुटबल लिग हुने भएको छ ।                                  20210930_185655.jpg                                मसिंर १७ गतेदेखि पुस १० गतेसम्म फुटबल लिग २०७८ प्रतियोगिता हुने बिहीबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।  विद्यालय स्तरबाट फुटबल खेलको विकासका लागी प्रथम प्रदेश व्यापी विद्यालय स्तरीय छात्र/छात्रा बाल बाटिका फुटबल प्रतियोगिता हुने भएको हो । कक्षा १० सम्म अध्ययनरत छात्र/छात्रा बिद्यार्थीहरुको सहभागी हुने गरी प्रतियोगिता गर्न लागिएको हो । नव बाल बाटिका विद्या मन्दिरले ठुलो धनराशिको विद्यालय स्तरीय छात्र/छात्रा फुटबल प्रतियोगिता आयोजना गर्ने भएको हो ।                                                                                                   विद्यालय स्तरबाटै देशका लागी सबल, सक्षम, सृजनशील र अनुशासित उत्कृष्ट फुटबल खेलाडीहरू उत्पादन गर्नको लागी फुटबल लिग आयोजना गरिएको मूल आयोजक समितिका संयोजक एवं नव बाल बाटिका विद्या मन्दिरका संस्थापक प्रिन्सिपल प्रमोद मल्लले जानकारी दिनुभयो । प्रदेश स्तरीय प्रतियोगिता गर्देगर्दा आउने चुनौतीहरूलाई अध्ययन गर्दै उक्त चुनौतीलाई पछ्याउँदै प्रतियोगिता सफल बनाउन आफूहरू सक्षम हुने कुरामा विश्वस्त भएको बताए ।                                                                                                                   यस अघि दुई संस्करणको क्रिकेट प्रतियोगिताको आयोजना सफलता पूर्वक सम्पन्न गरेको हुँदा फुटबल प्रतियोगिता पनि सफल सफलता पूर्वक सम्पन्न गर्ने पत्रकार सम्मेलनमा प्रिन्सिपल प्रमोद मल्लले बताए । प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका छात्र/छात्रा गरी ३२–३२ टिमको सहभागिता हुने अपेक्षा लिएको छ ।                                                                                        प्रतियोगितामा प्रथम हुने छात्र/छात्रा टिमले १ लाख १ हजार रुपैयाँ र द्धितिय हुने टिमले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् भने उत्कृष्ट खेलाडीहरूले पनि धनराशिको पुरस्कार प्राप्त गर्ने भएका छन् । प्रतियोगिता लिक कम नकआउट प्रणालीका आधारमा मुडा बजारको खेल मैदानमा खेलाइने आयोजकले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # #education

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images