Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

मनकामना बचत तथा ऋण सहकारी संस्थाको ९ औं वार्षिक साधारणसभा सम्पन्न , अध्यक्षमा बस्नेत निर्वाचित

मनकामना बचत तथा ऋण सहकारी संस्थाको ९ औं वार्षिक साधारणसभा सम्पन्न , अध्यक्षमा बस्नेत निर्वाचित

  • समाचार
  • आश्विन १६, २०७८ शनिवार १७:११ बजे
  • 1.4K
    SHARES
  • मनकामना बचत तथा ऋण सहकारी संस्थाको ९ औं वार्षिक साधारणसभा सम्पन्न , अध्यक्षमा बस्नेत निर्वाचित

    मनकामना बचत तथा ऋण सहकारी संस्था लि. लम्कीचुहा नगरपालिका १ , लम्की कैलालीको ९ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।    20211002_171241.jpg                                                                    मनकामना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पुर्ण बहादुर भण्डारीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि लम्कीचुहा नगरपालिका वडा नं १ का कार्यवाहक वडा अध्यक्ष चन्द्रबहादुर विक रहेका थिए । विशिष्ट अतिथिमा राष्ट्रिय सहकारी संघ सञ्चालक सदस्य शिवा थापा , किसान बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुरेन्द्र कुमार शाह रहनु भएको थियो ।            FB_IMG_1633173310097.jpg                                                 अतिथिमा सफल व्यावसायी तथा सल्लाहकार संयोजक हेमन्त कुमार बस्नेत , बल्चौर जैविक विविधता संरक्षण सहकारी संस्थाका अध्यक्ष धनन्जय न्यौपाने , रिभर साइड यातायात प्रालिका अध्यक्ष गणेशराज ओली , हाम्रो समाज शक्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मकर बहादुर बिष्ट लगायतका अतिथि रहेका थिए भने महेश बिष्टको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन मनकामना बचत तथा ऋण सहकारी संस्थाका सचिव घनश्याम डांगीले गर्नु भएको थियो ।                                                         यस्तै मनकामना बचत तथा ऋण सहकारी सस्था लि को ९ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा हेमन्त कुमार बस्नेत, उपाध्यक्ष गणेशराज ओलि, उपाध्यक्ष अमृता ओलि, सचिव घनश्याम डांगी , सदस्यहरूमा दान बहादुर शाही,मोतिलाल ओली ,गाैरव भाट,मोहन प्रसाद ढुंगाना,राम प्र.जैशी,टीका कुमारी लम्साल,लेखा समिती संयोजक हिरा लाल डाँगी निर्विरोध निर्वाचित भएका छन् ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images