Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

मोहन्याल ७ ढकनेमा बालबिकास केन्द्र को उदघाटन

मोहन्याल ७ ढकनेमा बालबिकास केन्द्र को उदघाटन

  • समाचार
  • आश्विन १७, २०७८ आइतवार ०६:३१ बजे
  • 1.5K
    SHARES
  • मोहन्याल ७ ढकनेमा   बालबिकास केन्द्र को उदघाटन

    कैलालीको मोहन्याल गाउँपालिका - ७ ढकनेमा आ.ब २०७८/०७९ को मोहन्याल गाउँपालिका ८ औ सभाको निति तथा कार्यक्रम र बजेट अनुसार बालबिकास केन्द्र स्थापना गर्ने निर्णय अनुसार शनिबार एक कार्यक्रमका बिच मोहन्याल गाउँपालिका कार्यवाहक अध्यक्ष पुजादेबी बुढामगरले उक्त बालबिकास केन्द्रको उदघाटन गर्नु भएको छ।                                                                      ढ्कने गाउका बालबालिकाहरुलाइ अध्ययन गर्न जालपादेवी आधारभुत विद्यालय मोहन्याल ७ राजकाडा र कर्णाली माध्यमिक विद्यालय चिसापानी निकै टाढा भएकोले त्यसगाउका करिव २५ जना बालबालिकाहरुलाइ गाउमै पुर्व प्राथमिक शिक्षा अध्ययनका लागि १ जना स्थानीय हिमा कुमारी संन्ज्याललाई सहयोगी कार्यकर्ता नियुक्ति गरी आइतबारदेखि विद्यार्थी भर्ना कार्य शुरु गरी पठनपाठन गराउन निर्देशन दिनु भएको छ।                                                             बालबालिका केन्द्र टहरो गाउले श्रमदान बाट निर्माण गरेका छन् ।सहयोगी कार्यकर्ताको पारिश्रमिक गाउले वार्षिक अनुदान दिने निर्णय गरेको व्यवस्थापन समितीका अध्यक्ष गणेश चलाउनेले जानकारी दिनु भएको छ।

  • सम्बन्धित विषय:

  • # #education

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images