लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ बि टु नेपाल अन्तर्गत लायन्स क्लब अफ कैलाली लम्कीको आयोजनामा लायन्स आँखा अस्पताल भवनको शिलान्यास गरिएको छ ।
कैलालीको लम्कीचुहा नगरपालिका वडा नं १ थपालीपुरमा आखा अस्पताल भवन निर्माण केन्द्रको बिहीबार शिलान्यास गरिएको हो । घटस्थापना पावन दिनको अवसरमा लायन्स क्लबका सम्पुर्ण वर्तमान पदाधिकारी तथा पुर्व पदाधिकारीहरूको उपस्थितिमा शिलान्यास गरिएको हो ।
लायन्स क्लब अफ लम्की कैलालीका अध्यक्ष डम्बर बहादुर शाहले आखा अस्पताल भवन निर्माणका लागि शिलान्यास गर्नु भएको हो । धार्मिक विधि अनुसार शिलान्यास गरिएको हो । शिलान्यास कार्यक्रममा विभिन्न व्यक्तित्वहरूको सहभागीता रहेको थियो । स्थानीय पालिका लगायत सामाजिक संघसंस्थासँग समन्वय गरेर २ वर्षभित्र ३ कोठाको भवन निर्माण गर्ने लक्ष्य रहेको शाहले बताएका छन् ।



