Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

नेपाली जनसंपर्क समिती पश्चिम भारत क्षेत्रको नियमित बैठक संपन्न

नेपाली जनसंपर्क समिती पश्चिम भारत क्षेत्रको नियमित बैठक संपन्न

  • समाचार
  • आश्विन २१, २०७८ बिहिवार २०:५० बजे
  • 2.0K
    SHARES
  • नेपाली जनसंपर्क समिती पश्चिम भारत क्षेत्रको नियमित  बैठक संपन्न

    नेपाली जनसंपर्क समिती पश्चिम भारत क्षेत्रको नियमित तथा संयुक्त बैठक मंगलबार मुंबई शहरको उपनगर मुलुण्ड संपन्न भएको छ । मुलुण्ड पश्चिम स्थित दत्तगुरु सोसाइटी हालमा बैठकको आयोजना गरिएको थियो ।    FB_IMG_1633617483256.jpg                                         नेजस पश्चिम भारत क्षेत्र का पदाधिकारीहरु शाखाका अध्यक्ष,सचिव तथा सदस्यहरु को बाक्लो उपस्थिति रहेको थियो । बैठकको अध्यक्षता नेजस पश्चिम भारत क्षेत्रका क्षेत्रिय उपाध्यक्ष नरेन्द्र शर्माको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल होटल तथा पर्यटन संघका प्रेम रावल रहेका थिए ।                                                                           उक्त बैठक नेपाली जनसंपर्क समिती पश्चिम भारत क्षेत्रको नियमित बैठक हुनुका साथै आसन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशन २०७८ लाई मध्यनजर राख्दै मुंबई स्थित विभिन्न नेपाली कांग्रेसका भातृ संगठन तथा शुभेच्छुक संस्थाहरु नेपाल तरुण दल नेपाल दलित संघ , नेपाल महिला संघ, नेपाल विद्यार्थी संघका प्रमुख ,सचिव,पदाधिकारीहरु, सदस्यहरु बिच समन्वय सहमति तथा समझदारीको सहज वातावरण निर्माण गर्ने उद्देश्यले बैठक महत्वपुर्ण रहेको जानकारी क्षेत्रिय शिक्षा सचिव संतोष विष्टले जानकारी दिएका छन् । बैठकमा पुर्व क्षेत्रीय अध्यक्ष तथा युवा नेता मिन बहादुर बोहरा, क्षेत्रिय उपाध्यक्ष नरेन्द्र शर्मा सन्ज्याल , क्षेत्रिय महासचिव प्रेम पुरी , क्षेत्रिय संगठन सचिव अमर बोहरा क्षेत्रिय शिक्षा सचिव संतोष विष्ट क्षेत्रिय सदस्य जनक बोहरा, गणेश न्यौपानेले नेपाली जनसंपर्क समिति पश्चिम भारत क्षेत्रिय कार्य समिति सांगठनिक सुदृढीकरण, युवाहरुको भुमिका विषयमामा आ-आफ्नो धारणा राखेका थिए ।                                                  FB_IMG_1633617463900.jpg                             संगठनलाई गतिशील बनाउनु आवश्यक रहेको बताएका थिए । संयुक्त बैठकमा नेपाली काँग्रेसका शुभेच्छुक संस्था भातृसंगठन नेपाल तरुण दल , नेपाल विद्यार्थी संघ , नेपाल दलित संघ महिला संघका केन्द्रीय , क्षेत्रीय पदाधिकारीहरु प्रतिनिधिहरुले पश्चिम भारत क्षेत्र एकढिक्का भएर अगाडि बढ्नु पर्ने बताए।                                                    आपसी समझदारी कायम गरी सहमति सहयोग तथा सहकार्यले हाम्रो बिच एक्यवद्धता कायम हुने विश्वास व्यक्त गरेका छन् । तरणदल भारत का केन्द्रीय सदस्य श्याम योगी, दलित संघ पश्चिम भारत क्षेत्रका अध्यक्ष ओम सुनार नेजस पश्चिम भारत क्षेत्र शाखाका अध्यक्ष सचिव पदाधिकारीहरु सदस्यहरुले आफ्नो संगठनको हक हित र सामाजिक कार्यमा अग्रसर रहदाँ रहँदै संगठन भित्रका अग्रज नेतागणहरुले हाम्रो कार्य को मुल्यांकन नगरेको गुनासो गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # suryathapa

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images