Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

कार्यकर्ताको मन जितेर अधिवेशन जित्नु नै लोकतन्त्रको सुन्दर पक्ष : कांग्रेस युवा नेता शाह

कार्यकर्ताको मन जितेर अधिवेशन जित्नु नै लोकतन्त्रको सुन्दर पक्ष : कांग्रेस युवा नेता शाह

  • समाचार
  • आश्विन २३, २०७८ शनिवार १९:५७ बजे
  • 3.5K
    SHARES
  • कार्यकर्ताको मन जितेर अधिवेशन  जित्नु नै लोकतन्त्रको सुन्दर पक्ष : कांग्रेस युवा नेता शाह

    नेपाली कांग्रेसका महासमिति सदस्य तथा युवा नेता कमल बहादुर शाहले नेपाली कांग्रेसमा लागेका इमानदार र संर्घषशील नेता तथा कार्यकर्ताहरूको सही मुल्यांकन हुन नसकेमा संगठनका साथै लोकतन्त्र समेत खतरामा पर्ने बताउनु भएको छ ।                                                                             

    नेपाली कांग्रेस मोहन्याल गाउँ कार्य समितिले आयोजना गरेको विजया दशमी तथा दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रममा कांग्रेस नेता शाहले मोहन्याल र मोहन्याली जनताको अधिकारका पक्षमा आफुले कुन ठाउँमा आवाज उठाउनुपर्छ त्यसमा आफू तयार रहेको समेत प्रतिबद्धता जनाउनुभयो । २०७० सालको पहिलो संविधानसभाको निर्वाचनमा आफुँले टिकट पाएर चुनावमा पराजित भएपनि आफू जनताको घरदैलोमा पुगेको र प्रत्येक मोहन्यालवासीको घरदैलोमा पुगेर मोहन्याली जनताको आशिर्वाद मागेको बताउनुभयो । आफू पराजित भएपछि पनि जनताको साथमा रहेको सन्देश दिन कैलाली क्षेत्र नं २ का प्रत्येक जनताको घरदैलोमा पुगेको बताउदै २०७० सालभन्दा पहिले र पछिका उम्मेदवारहरूको विषयमा जनता आफैंले मुल्यांकन गर्नुपर्ने बताउनुभयो ।                                                               

    नेपाली कांग्रेससँग जोडिएर पटकपटक मोहन्याली जनताको घरदैलोमा पुगेको र आगामी दिनहरूमा समेत सधैं मोहन्याली जनताको पक्षमा रहने बचन दिनुभयो ।                                         

    विभिन्न कार्यक्रममा आयोजित भेलामा आँफुले सहमति गर्नुपर्छ र सहमतिको बाधक म बन्दैन भनेर भन्दा समेत कमल शाह सहमतिको बाधक हो भनेर क्रियाशील सदस्यहरुुुुुमाझ केही व्यक्तिले भ्रम फैलाएको र उक्त भ्रममा नपर्न समेत पार्टीका सम्पूर्ण नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । पार्टीको क्षेत्रीय भेलामा आफू अन्तिम समयसम्म बसेर सहमति गरौं , सहमतिको लागि आफू बाधक छैन , सहमति यसरी हुन सक्छ , सहमति गर्ने भए आफ्नो पक्षबाट आखा चिम्लेर हस्ताक्षर गर्न तयार रहेको बताइरहँदा पार्टीको क्षेत्रीय भेला बहिष्कार गरेर पथरियाका विभिन्न वडामा पुगेर उम्मेदवारी घोषणा गर्न लगाउने अनि सहमति भन्ने ,  सहमतिको बाधक को हो भनेर कार्यकर्ताले यतिबेला चिन्ने अवसर मिलेको युवा नेता शाहले बताए ।             

    राजनीतिमा कतिसम्म झुटको खेती गरेर कार्यकर्ता भुलाउन सकिन्छ भन्ने कसैले सोचेको छन् भने त्यो भ्रम मात्रै हो , जे बोलिन्छ त्यो नै व्यवहारमा लागू गरेर देखाउनु पर्ने बताउनुभयो । मोहन्यालका अग्रज नेताको नाम मञ्चबाट लिएका शाहले मोहन्याल गाउँपालिका वडा नं १ देखि ७ सम्मका वडाहरूमा अग्रज नेताहरूले सहमति गरेको खण्डमा उक्त सहमतिमा आफुले कुनै ठाउँमा प्रश्न उठाएको खण्डमा आफू जीवनमा राजनीति नगर्ने ठोकुवा समेत गर्नुभयो ।                                         

    सहमति नजिक पुगेका वडाहरूमा समेत नेता कार्यकर्तालाई तैंले किन सहमति गरिस भनेर हप्काउने सहमतिको बाधक हो या अन्य को हो भनेर कार्यकर्ताले स्पष्ट तरिकाले चिन्न आवश्यक रहेको बताए । चुनाव जित्नको लागि उम्मेदवारीमा बसेका उम्मेदवारले सिमकार्ड बाडेर चुनाव जितिदैन भन्दै शाहले लोकतान्त्रिक प्रणालीमा कार्यकर्ताको मन जितेर चुनाव जित्न सक्नु नै लोकतन्त्रको सुन्दर पक्ष भएको बताउनुभयो ।                                                         

    सहमतिको लागि आफुले नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामजनम चौधरीलाई समेत आग्रह गरेको र आफु सहमतिकै पक्षमा रहेको बताउनुभयो । पार्टीको आन्तरिक अधिवेशनमा सामान्यतया गुट उपगुट हुनु स्वभाविक रहेको बताउदै शाहले सहमतिको लागि आफ्नोतर्फबाट सामान्यतया सहमति टोली गठन गर्दा कमल शाहले चुनाव हार्दैछ , कमल शाह कमजोर भयो भनेर आफ्नो बारेमा गलत हल्ला फैलाएको र यस्तो हल्ला फैलाउनेले कसरी संगठन र पार्टीको हित गर्छन् भनेर प्रश्न समेत गर्नुभयो । कमल शाह कमजोर छ भनेर कसैले सोचेको छ भने त्यो उसको ठुलो भ्रम हुने र त्यस्तो भ्रममा नपर्न समेत चेतावनी दिनुभयो ।                                                               

    आगामी निर्वाचनमा क्षेत्र नं २ का सम्पूर्ण निर्वाचन जिताउनका लागि सहमति , सहकार्य र एकतामा जोडदिदै युवा नेता शाहले आम निर्वाचन जिताउन सबैले आ-आफ्नो ठाउँबाट लाग्नुपर्नेमा जोड दिनुभयो ।                                                             

    साथै शाहले २०७८ सालको विजया दशमी , शुभ दिपावली र छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिदै आसन्न १४ औं महाधिवेशनमा आपसी समझदारी , भाइचारा कायम गर्ने शक्ति नवदुर्गाले प्रदान गरुन् भन्ने कामना समेत व्यक्त गर्नुभयो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images