Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

सहमतिका लागि सबैले इच्छाशक्ति देखाउनुपर्ने कांग्रेस केन्द्रीय सदस्य चौधरीको भनाइ

सहमतिका लागि सबैले इच्छाशक्ति देखाउनुपर्ने कांग्रेस केन्द्रीय सदस्य चौधरीको भनाइ

  • समाचार
  • आश्विन २३, २०७८ शनिवार २१:०३ बजे
  • 1.0K
    SHARES
  • सहमतिका लागि सबैले इच्छाशक्ति देखाउनुपर्ने कांग्रेस केन्द्रीय सदस्य चौधरीको भनाइ

    नेपाली कांग्रेस मोहन्याल गाउँ कार्य समिति कैलालीको आयोजनामा विजया दशमी तथा शुभ-दिपावलीको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम मोहन्याल ३ फले बिसौनामा शनिबार सम्पन्न भएको छ ।    20211009_210138.jpg                                    नेपाली कांग्रेस मोहन्याल गाउँ कार्य समितिका सभापति भिम ताम्लाङ्गीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री रामजनम चौधरी रहनु भएको थियो । विशिष्ट अतिथिमा नेपाली कांग्रेसका महासमिति सदस्य युवा नेता कमल बहादुर शाह र नेपाली कांग्रेसका महासमिति सदस्य तथा युवा नेता अरुण कुमार चौधरी रहनु भएको थियो ।                                            20211009_210206.jpg       अतिथिमा नेपाली कांग्रेसका जिल्ला कार्य समिति सदस्यहरू कृष्ण पाण्डे , नृप सुनार , नेपाली कांग्रेस क्षेत्र नं २ का पुर्व क्षेत्रीय सभापति देवानन्द जैसी , नेपाली कांग्रेस क्षेत्र नं ३ ख का प्रदेश सभापति तथा युवा नेता लक्ष्मण शाही , नेपाली कांग्रेस जिल्ला कार्य समितिका आमन्त्रित सदस्यहरू , क्षेत्रीय सदस्यहरू , पुर्व क्षेत्रीय सदस्यहरू , वडा सभापतिहरू , निर्वाचित वडा अध्यक्षहरू , स्थानीय तहका पालिकाका उम्मेदवारहरू , मोहन्याल गाउँपालिकाका नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।    20211009_210120.jpg                          वीर बहादुर सिजाली मगरको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन गाउँ कार्य समिति सचिव नरेन्द्र प्रसाद जैसीले गरेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरूले दशै , तिहारको शुभकामना व्यक्त गर्नुका साथै पार्टीका नेता कार्यकर्ता सबै मिलेर एकजुट भएर जानुपर्ने बताएका थिए ।                                                      कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री रामजनम चौधरीले मोहन्यालको भुगोलका बारेमा आफुलाई जानकारी भएको बताउनुभयो । चौधरीले कैलालीका तराई क्षेत्रका केही पालिकाका वडाहरूमा सहमति भएको बताउदै सहमतिका लागि सबै लागेमा मोहन्यालमा सजिलै सहमति हुने बताउनुभयो । केन्द्रीय सदस्य चौधरीले इच्छाशक्ति भएको खण्डमा सहजै सहमति हुने र अहिलेको अवस्थामा सबैलाई अट्न सक्ने ठाउँ रहेको बताए । पुर्व स्वास्थ्यमन्त्री समेत भइसक्नु भएका चौधरीले आफ्नो मन्त्रीको कार्यकालमा स्वास्थ्य बिमा , मृगौला पिडितलाइ निशुल्क डाइलासिस , क्यान्सर पिडितलाई १ लाख रुपैयाँ बराबर निशुल्क उपचार जस्ता स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण निर्णय गरि लागू गरेको बताउनुभयो ।                                    अन्य पार्टी परित्याग गरि कांग्रेसमा समेत प्ररवेश थिए ।  20211009_210153.jpg

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images