Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

चीनका लागि नेपाली राजदूतमा योग्य व्यक्ति दिनेश खनालको चर्चा

चीनका लागि नेपाली राजदूतमा योग्य व्यक्ति दिनेश खनालको चर्चा

  • समाचार
  • आश्विन २७, २०७८ बुधवार १४:३३ बजे
  • 1.6K
    SHARES
  • चीनका लागि नेपाली राजदूतमा योग्य व्यक्ति दिनेश खनालको चर्चा

    सरकार परिवर्तनसँगै विभिन्न देशमा राजदूत नियुक्तिका लागि तयारी भईरहेका बेला चीनका लागि राजदूत हुनका लागि भने पुरानै अनुहार र उमेर ढल्केका बुढाहरु नै लागि परेका छन् । विश्व परिवेश अनुसार धेरै देशहरुले राजदूत युवा पुस्ता र त्यस देशसँग जानकार भएको व्यक्तिलाई नै पठाउने गरिएको देखिन्छ । तर,

    नेपालले भने हावादारी रुपमा राजदूत नियुक्ति गरेको विगतले प्रष्ट पारेको छ । यतिखेर भने छिमेकी राष्ट्र चीनका लागि राजदूत बन्नका लागि उमेर ढल्किएका र अल्जाईमरले छोइसकेका बृद्धहरु खुमलटार र बुढानिलकण्ठ धाउन थालेका छन् । जसले चीनको कुनै जानकार वा त्यसदेशसँगको संस्कृति, भाषा रहन सहन लगायतका विषयमा जानकार नै राख्दैनन् । त्यस्ता व्यक्तिलाई राजदूत नियुक्ति गर्दा देशले चाहे अनुरुपमा परराष्ट्र सम्वन्धलाई स्थापित गर्न सक्दैनन् ।

    त्यसकारण पनि यतिखेर २५ वर्ष चीनमा विताएका, शिक्षा लिएका र चीनको राजनीति, आर्थिक, सामाजिक एवं सांस्कृतिक रहन सहन मात्र होइन त्यस देशको भाषामा समेत अव्वल रहेका चीनका जानकार युवा पुस्ता दिनेश खनाललाई चीनको राजदूत बनाउनु पर्दछ भन्ने युवा पुस्ताहरुले लविङ्ग गर्न थालिएको छ । हुन पनि अव मुलुकले राजदूत छान्दा खनाल जस्तै योग्य सम्वन्धित देशको बारेमा पूर्ण रुपमा जानकारी भएको व्यक्तिलाई राजदूत नियुक्ति गर्न सके दुवै देशको सम्वन्ध प्रभावकारी हुन सक्ने देखिन्छ ।

    वर्तमान सरकारले पनि चीनको राजदूतमा पुराना पुस्तालाई नभई दिनेश खनाल जस्ता युवा पुस्तालाई चीनको राजदूत नियुक्ति गर्दा मुलुकको लागि फाइदा हुने देखिन्छ ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images