सूर्य श्रेष्ठ फाउन्डेसन ग्रुपका संस्थापक सूर्य श्रेष्ठको आर्थिक सहयोगमा शिक्षक देवेन्द्र सञ्ज्यालको पहलमा कैलालीको लम्कीचुहा नगरपालिका वडा नं ३ बल्चौरको बादी बस्तीमा करिब १ सय ८० घर परिवारलाई एक कार्यक्रम विच निःशुल्क सेनिटरी प्याड वितरण कार्यक्रम सम्पन्न भएको छ ।
विभिन्न सामाजिक क्षेत्रमा निरन्तर सहयोग पुर्याउदै आइरहनु भएका समाजसेवी श्रेष्ठको सहयोगमा वितरण सम्पन्न भएको हो ।
कार्यक्रममा समाजसेवी युवा नेता नेत्र प्रसाद खनाल, नेपाल पत्रकार महासंघ कैलालीका साधारण सदस्य तथा पलपल अनलाइन न्युजका प्रधान सम्पादक चन्द्र प्रसाद खनाल , लम्कीचुहा नगरपालिका वार्ड नं ३ का निर्वाचित वडा सदस्य पार्वती बादी लगायतको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको थियो।





