Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

कर्णाली नदीको जलस्तरले खतराको तह पार गर्‍यो , सचेत रहन आग्रह

कर्णाली नदीको जलस्तरले खतराको तह पार गर्‍यो , सचेत रहन आग्रह

  • समाचार
  • कार्तिक २, २०७८ मंगलवार १०:३८ बजे
  • 1.8K
    SHARES
  • कर्णाली नदीको जलस्तरले खतराको तह पार गर्‍यो ,  सचेत रहन आग्रह

    देशभर  तीनदिन देखिको लगातार वर्षाले कर्णाली नदिमा जलस्तरले खतराको सतर्कता पार गरेको छ ।  जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार कर्णाली नदिमा पानीको सतहले खतराको तह पार गरेर ११ मिटर पुगेको जानकारी दिएको छ ।                             कर्णाली नदिमा १० मिटर पानीको सहतलाई सतर्कता र १०.८० मिटरलाई खतराको तह मानिन्छ । कर्णाली नदिमा यस वर्षको वर्षायाममा खतराको चिन्ह पार गरेको थिएन ।  जिल्ला प्रशासन कार्यालय कैलालीले लगातार वर्षाको कारण नदिको सतह बढ्ने क्रम जारी नै रहेकोले तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरेको छ भने प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको जानकारी गराएको छ ।       कर्णालीमा जलस्तर बढ्दै गएपछि तीव्र रुपमा कटान भएको छ ।                                               कैलाली सहित सुदुरपश्चिम प्रदेशका विभिन्न ठाउँमा नदीको सतह बढ्नुका साथै सडक पहिरोले अवरुद्ध पारेको छ । देशका विभिन्न ठाउँमा तीनदिन देखिको लगातार वर्षाले बाढी , पहिरो , डुबानको खतरा बढेकाले सचेत रहन आग्रह गरिएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images