माछा मार्न गएका ३ जना कर्णालीमा बेपत्ता भएको प्रहरीले बताएको छ । कैलाली लम्कीचुहा नगरपालिका वडा नं ३ ढुङ्गे बजार बस्ने तिर्थ बहादुर घर्ति मगरले प्रहरी लाई दिएको जानकारी अनुसार ढुङ्गे बजार बस्ने बर्ष ६१ का खडक घर्ति मगर , बर्ष ३५ का बिक्रम घर्ति मगर, बर्ष २६ का खडक राना मगर रहेको इलाका प्रहरी कार्यालय चिसापानीले जानकारी दिएको छ । उनीहरु नदिमा बेपत्ता भए वा कर्णालीको कुनै टापुमा फसे भन्ने कुराको जानकारी नआएको प्रहरीले जनाएको छ ।



