Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

राष्ट्रिय दलित मुक्तिमोर्चाको पाँचौ जिल्ला सम्मेलन लम्कीमा सम्पन्न

राष्ट्रिय दलित मुक्तिमोर्चाको पाँचौ जिल्ला सम्मेलन लम्कीमा सम्पन्न

  • समाचार
  • कार्तिक १०, २०७८ बुधवार १९:४६ बजे
  • 1.7K
    SHARES
  • राष्ट्रिय दलित मुक्तिमोर्चाको पाँचौ जिल्ला सम्मेलन लम्कीमा सम्पन्न

    राष्ट्रिय दलित मुक्तिमोर्चा नेपाल कैलालीको आयोजनामा पाँचौ जिल्ला सम्मेलन कैलालीको लम्कीमा सम्पन्न भएको छ । राष्ट्रिय दलित मुक्तिमोर्चा नेपाल कैलालीका संयोजक भानु परियारको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय दलित मुक्तिमोर्चाका केन्द्रीय सदस्य बिरु तिरुवा रहनु भएको थियो भने विशिष्ट अतिथिमा नेकपा कैलालीका जिल्ला कमिटी सचिव दिपक चलाउने रहनु भएको थियो । कार्यक्रममा नेकपाका नेता तथा दलित मुक्तिमोर्चाका नेताहरू अतिथि रहेका थिए । दिपक विकको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको संचालन जगत विकले गरेका थिए ।                                                     कार्यक्रममा कैलालीका दलित मुक्तिमोर्चाका नेता कार्यकर्ताको उल्लेखनीय सहभागीता रहेको थियो  ।                            20211027_194236.jpg                                                                       यस्तै पाँचौ जिल्ला सम्मेलनबाट नयाँ नेतृत्व समेत चयन गरिएको छ । भानु परियारको अध्यक्षता २५ सदस्यीय कमिटी चयन गरिएको छ । जसको उपाध्यक्षमा जगत विक , सचिव दिपक परियार , सहसचिव बल बहादुर नेपाली , कोषाध्यक्ष भोजराज विक , सदस्यहरूमा सम्झना परियार , नविन नेपाली , सुशीला सुनार , प्रकाश विक , ओमप्रकाश विक , लक्ष्मी नेपाली , पवित्रा सुनार , प्रेम विक , राकेश आउजी , पार्वती नेपाली , गाइने दमाई , गोरख सुनार , गम्भीर सार्की , विकास विक , विनायक विक लगायत गरि २५/सदस्यीय जिल्ला कमिटी चयन गरिएको नेकपा लम्कीचुहाका इन्चार्ज दिल बहादुर साउँदले जानकारी दिनु भएको छ ।received_921138412159245.jpeg


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images