Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

नेकपा एमाले वडा नम्बर ६ को अध्यक्षमा खडका निर्विरोध निर्वाचित

नेकपा एमाले वडा नम्बर ६ को अध्यक्षमा खडका निर्विरोध निर्वाचित

  • समाचार
  • कार्तिक १२, २०७८ शुक्रवार १९:३६ बजे
  • 2.0K
    SHARES
  • नेकपा एमाले वडा नम्बर ६ को अध्यक्षमा खडका निर्विरोध निर्वाचित

    नेकपा एमाले लम्कीचुहा नगरपालिका वडा नम्बर ६ को प्रथम वडा अधिबेशनबाट वडा कमिटीको अध्यक्षमा पदम बहादुर खडका सहित ३१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएका छन ।                                                             जसको उपाध्यक्षमा अनिता जैसी,सचिब नवराज देउवा ,सह सचीव एकेन्द्र खत्री,लक्षीराम थापा लगायत रहेका छन ।अधिवेशन बाट यहि कार्तिक १५ गते प्रथम नगर अधिवेशनका लागि ५० जना नगर प्रतिनिधि पनि सर्वसहमत छनौट गरिएको निर्वाचन समितिका संयोजक प्रवल रोकायले जानकारी दिनु भएको छ।                                                             कार्यक्रममा पार्टी संगठन बिस्तार र प्रेस चौतारी नेपाल ,पार्टीको जिल्ला प्रचार बिभाग सदस्य रहेर योगदान गरेकोमा लिलाजङ्ग शाही , नेपाल राष्ट्रिय शिक्षक संगठनका सदस्य स्वर्गीय राजकुमार सङरौला ,वडा सदस्य स्वर्गीय जमान सिंह देउवा ,संगठित सदस्य स्वर्गीय मोहनहरी थापा र रतन बिक , जेष्ठ सदस्य अन्दुराम डगौरा थारु आशे कामी रण बहादुर बुढा ,, देउडा कलाकार हस्तना बिसी सहित ९ जनालाई दोसल्ला ओढायर सम्मान गरिएको छ।                                              आयोजना कमिटीका अध्यक्ष पदम बहादुर खडकाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी जिल्ला कमिटीका सदस्य केशरबहादुर बोहरा ,बिशिस्ट अतिथी जिल्ला कमिटी सदस्य भिम बहादुर खडका,रण सिह धामी ,जिल्ला सल्लाहकार अध्यक्ष खन्टे खत्री,अनेरास्ववियुका नरेश रोकायले शुभकामना मनतब्य राख्नु भएको थियो ।जिल्ला परिषद सदस्य प्रबल रोकायले स्वागत मनतब्य राख्नु भएको कार्यक्रमको संचालन सचिव नवराज देउवा र निर्वाचन समितिका सदस्य बल बहादुर खत्री गर्नु भएको थियो ।

  • सम्बन्धित विषय:

  • # नेकपा एमाले

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images