Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

पेट्रोलियम पदार्थको मुल्य फेरि बढ्यो

पेट्रोलियम पदार्थको मुल्य फेरि बढ्यो

  • समाचार
  • कार्तिक १३, २०७८ शनिवार ०८:१३ बजे
  • 1.4K
    SHARES
  • पेट्रोलियम पदार्थको मुल्य फेरि बढ्यो

    पेट्रोलियम पदार्थको मूल्य फेरी बढेको छ । सरकारले शुक्रबार राति १२ बजे देखि लागू हुनेगरी पेट्रोलियम पदार्थ मूल्य बढाएको छ। नेपाल आयल निगमले खाना पकाउने ग्यास सहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकोले घाटा कम गर्न निगमले स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार पेट्रोलको मूल्य प्रतिलिटर रु १ सय ३३ कायम गरेको छ ।                                                   त्यसैगरी डिजेल÷मट्टितेलको मूल्य प्रतिलिटर तीनले बढेर १ सय १६ पुगेको छ। आन्तरिक तथा बाहृय हवाई इन्धनमा साविकको बिक्री मूल्यमा प्रतिलिटर १० ले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर रु ९६ पुगेको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार शुक्रबार रातिदेखि लागू हुनेगरी मुल्य वृद्धि गरिएको निगमका सह प्रवक्ता पुस्कर कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।                                                        यस्तै एलपी ग्यासमा साविक बिक्री मूल्यमा प्रति सिलिण्डर ५० रुपैयाँले वृद्धि गरी एक हजार ५ सय कायम गरिने भएको छ । पछिल्लो पटक असोज ३० गते इन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगमले मूल्य समायोजन नगर्दा १५ दिनमा रु दुई अर्ब २२ करोड घाटा भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

  • सम्बन्धित विषय:

  • # शेर बहादुर देउवा

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images