Logo

बुधवार, कार्तिक १२ गते २०८३

images
images
images

लम्कीमा राष्ट्रिय जनगणनाको गणकहरुका लागि चारदिने गणना तालिम सुरु

लम्कीमा राष्ट्रिय जनगणनाको गणकहरुका लागि चारदिने गणना तालिम सुरु

  • समाचार
  • कार्तिक १३, २०७८ शनिवार १९:१५ बजे
  • 1.7K
    SHARES
  • लम्कीमा राष्ट्रिय जनगणनाको गणकहरुका लागि चारदिने गणना तालिम सुरु

        रंग प्रसाद तिमिल्सैना / लम्की                                                                            कैलाली जिल्लाको लम्कीमा राष्ट्रिय जनगणना २०७८ का लागी आज शनिबारदेखि चार दिने गणक तालिम सुरु भएको छ । जिल्ला जनगणना कार्यालय कैलाली ख अन्तर्गत रहेको स्थानीय जनगणना कार्यालय लम्कीचुहको आयोजनामा लम्कीचुहा नगरपालिका र मोहन्याल गाउँपालिकाका गणकहरुका लागि चार दिने गणक तालिम सुरु भएको हो ।                               तालिममा लम्कीचुहा नगरपालिका र मोहन्यालगाउँपालिका बाट छनौट भएका १३० जना गणक सहभागी रहेका छन् । तालिममा गणकको काम, कर्तव्य, अधिकार तथा सैद्धान्तिक र व्यवहारिक अभ्यास गराइनेछ । तालिममा परिवारको कल्पना गरेर फाराम भर्न, गणक–गणकबिच लोक अन्तर्वार्ता लिन र तालिम अवधिभर अभ्यास गराइनुका साथै गणकहरुलाई मुख्य प्रस्नावली भर्ने विषयमा जानकारी गराइने स्थानीय जनगणना कार्यालय लम्कीचुहाका प्रमुख प्रबिना चौधरीले जानकारी दिनुभयो ।                                                                  तालिम पछि यही कार्तिक २५ गतेबाट मङ्सिर ९ गतेसम्म हुने मूल जनगणनामा गणकहरु खटिने जिल्ला जनगणना कार्यालय कैलाली ख का जनगणना अधिकारी भिम शाखले बताउनुभयो । नेपालमा विसं.१९६८ सालदेखि हरेक १० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ । यस पटकको जनगणना नेपाल सङ्घीय प्रणालीमा बदलिए पछिको पहिलो हो ।                                                 ‘मेरो जनगणना, मेरो सहभागिता’ नारासहित हुने जनगणनाले प्रत्येक वडाको जनसङ्ख्या, जातजाति, भाषा, धार्मिक, सांस्कृतिक, आर्थिक पक्ष समेट्ने स्थानीय जनगणना कार्यालय लम्कीचुहाका कर्मचारी बिन्द्रा उपाध्यायले जानकारी दिनुभएको छ । तालिमलाई विष्णुप्रसाद खनाल, रंगप्रसाद तिमिल्सैना, धर्मराज उपाध्याय, मार्कण्डेय उपाध्याय, उदय भण्डारी र कमल रावलले सहजीकरण गरिरहनुभएको छ ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images