Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

नेपाल भारत मैत्री संघद्वारा टीकापुरका बाढी पिडित परिवारलाई राहत सामग्री वितरण

नेपाल भारत मैत्री संघद्वारा टीकापुरका बाढी पिडित परिवारलाई राहत सामग्री वितरण

  • समाचार
  • कार्तिक १६, २०७८ मंगलवार २०:१६ बजे
  • 1.3K
    SHARES
  • नेपाल भारत मैत्री संघद्वारा टीकापुरका बाढी पिडित परिवारलाई राहत सामग्री वितरण

    कैलाली जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर ८ का बाढी प्रभावित समुदायका परिवारलाई मंगलबार राहत सामग्री वितरण गरिएको छ ।                                                      नेपाल भारत मैत्री संघ केन्द्रिय कार्यालय काठमाडौको आयोजनामा गत कार्तिक १ र २ गते आएको बाढीबाट प्रभावित टिकापुर नगरपालिका वडा नम्बर ८ धनसिंहपूरका करिब ५० परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको हो । बाढी प्रभावित प्रती परिवारलाई २५ केजी चामल, २ केजी दाल, २ केजी नुन, १ लिटर खानेतेल र १ पाकेट मसला समुदायमै पुगी पुगेर टीकापुर नगरपालिका वडा नं. ८ का अध्यक्ष दीर्घबहादुर ठकुल्लाको रोहवरमा राहत सामग्री वितरण गरिएको नेपाल भारत मैत्री संघ लम्की उपशाखाका अध्यक्ष रंगप्रसाद तिमिल्सैनाले जानकारी दिनुभएको छ ।                                             नेपाल भारत मैत्री संघका केन्द्रिय सह अध्यक्ष शैलेन्द्र मोहन झाको नेतृत्वमा आएको टोलीले उक्त राहत सामग्री वितरण गरेको हो । राहत सामग्री वितरण कार्यक्रममा टीकापुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष दीर्घबहादुर ठकुल्ला, नेपाल भारत मैत्री संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष तुलबहादुर साउद, केन्द्रिय उपाध्यक्ष हरि शंकर ठाकुर, केन्द्रिय महासचिव बोधकृष्ण सुवेदी, केन्द्रिय सदस्य जागृती बोगटी, आजीवन सदस्य पुष्कर अवस्थी लगायतकाको उपस्थिति रहेको थियो ।                                                                संघले हिजो सोमबार कंचनपुर जिल्लाका १ सय ७४ बाढी प्रभावित घरपरिवारलाई समेत खाद्यान्न राहत सामग्री वितरण गरेको नेपाल भारत मैत्री संघका केन्द्रिय उपाध्यक्ष एवं सुदूरपश्चिम संयोजक हरि शंकर ठाकुरले जानकारी दिनुभएको छ ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images