Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

बृहत रक्तदान कार्यक्रम लम्कीमा सम्पन्न , ५७ पोइन्ट रगत संकलन

बृहत रक्तदान कार्यक्रम लम्कीमा सम्पन्न , ५७ पोइन्ट रगत संकलन

  • समाचार
  • कार्तिक २१, २०७८ आइतवार २०:१४ बजे
  • 1.2K
    SHARES
  • बृहत रक्तदान कार्यक्रम लम्कीमा सम्पन्न , ५७ पोइन्ट रगत संकलन

    लम्की जेसीज तथा लम्की लेडी जेसीजको संयुक्त आयोजनामा जेसीज सप्ताह २०२१ अन्तर्गत आइतबार बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।        FB_IMG_1636292281750.jpg                                         लम्की लेडि जेसीजका अध्यक्ष दुर्गा गुरुङको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि लम्कीचुहा नगरपालिका वडा नं १ का वडा अध्यक्ष जनक बहादुर बम रहनु भएको थियो भने विशिष्ट अतिथिमा इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक भरत बहादुर शाह रहनु भएको थियो । अतिथिहरूमा नेपाल रेडक्रस सोसाइटी लम्की शाखाका सभापति रंग प्रसाद तिमिल्सैना , लम्की जेसीज तथा लम्की लेडी जेसीजका पुर्व अध्यक्ष तथा संस्थापकहरू , समाजसेवीहरूको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन लम्की जेसीज वर्ष २०२१ का महासचिव रज बहादुर थापाले गर्नु भएको थियो । स्वागत मन्तव्य सप्ताह व्यापी कार्यक्रमका मुल संयोजक चक्र प्रसाद उपाध्यायले गर्नु भएको थियो ।    बृहत रक्तदानबाट ५७ पोइन्ट रगत संकलन भएको छ।                                     सोमबार २२ गते वातावरण संरक्षण सम्बन्धी सचेतना कार्यक्रम लम्की जेसीज हलमा हुने लम्की जेसीज वर्ष २०२१ का अध्यक्ष घनश्याम डांगीले पलपल अनलाइन न्युजलाई जानकारी दिनु भएको छ ।        FB_IMG_1636292259837.jpg                                                               हरेक बर्ष झै यस बर्ष पनी लम्की जेसिज र लम्की लेडिज जेसिजले संयुक्त रुपमा सप्ताहब्यापी कार्यक्रमको आयोजना गरेका हुन् । कार्यक्रम अन्र्तगत ट्राफिक सम्बन्धी जनचेतना, निशुल्क आखा शिविर, लागुऔषध दुब्र्यशनी विरुद्धको जनचेतना मूलक कार्यक्रम लगायतका अन्य कार्यक्रम यस अघि संम्पन्न गरी सकेका लम्की जेसिजका अध्यक्ष डाँगीले जानकारी दिनु भएको छ ।                              FB_IMG_1636292270409.jpg                                        रक्तदान कार्यक्रममा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी कैलाली शाखा र सहयोग लम्कीचुहा नगरपालिका वडा नम्बर १ को कार्यालय लम्की र किसान बहुउदेश्यीय सहकारी संस्था लम्कीले सहयोग गरेको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # suryathapa

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images