युथ लिडरसिप कर्नर लम्की,कैलालीको आयोजनामा तीन दिने उदघोषण तथा भाषणकला तालिम सोमबार सुरु भएको छ । श्री नेपाल राष्ट्रिय कर्णाली माध्यमिक विद्यालय लम्कीचुहा नगरपालिका वडा नं ३ चिसापानीमा सुरु भएको हो ।
"युथ लिडरसिप कर्नर" लम्की,कैलालीका अध्यक्ष कृष्ण बटालाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि लम्कीचुहा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष भक्त बहादुर चलाउने रहनु भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि नेपाल राष्ट्रिय कर्णाली माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर घर्ती र सहायक प्रधानाध्यापक मार्कन्डेय उपाध्याय रहनु भएको थियो ।
कार्यक्रममा प्रमुख प्रशिक्षक सामुदायिक रेडियो पश्चिम आवाजका प्रबन्ध निर्देशक तथा लामो समयदेखि पत्रकारिता क्षेत्र तथा उद्घोषण क्षेत्रमा दक्ष व्यक्तित्व युवराज न्यौपानेले आफ्नो मन्तव्य राख्नु भएको थियो ।
उद्घघोषण तथा भाषण कला तालिममा ३० जना किशोरी प्रशिक्षार्थीहरूको सहभागीता रहेको छ । कार्यक्रमको संचालन "युथ लिडरसिप कर्नर"का सचिव तिलक प्रसाद गड्तौलाले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै लम्कीचुहा नगरपालिका वडा नं ३ का अध्यक्ष भक्त बहादुर चलाउनेले कार्यक्रम सञ्चालन गर्न सिकेमा सबै क्षेत्रमा काम बताउनु भयो । आफुसँग कला भएमा जुनसुकै क्षेत्रमा जस्तोसुकै चुनौती भएपनि सहजै काम गर्ने वातावरण सृजना हुने बताउनु भयो ।
कार्यक्रम युथ लिर्डर सीप कर्नरका अध्यक्ष बटालाले सामाजिक क्षेत्रमा यो संस्थाले परिवर्तनका क्षेत्रमा विभिन्न काम गरेको बताउनुभयो ।



