नेपाली काङ्ग्रेस लम्कीचुहा नगरपालिका वडा नं ८ को वडा सभापतिमा रमेश बिष्ट निर्विरोध निर्वाचित भएका छन् । उप सभापतिमा समै चौधरी र हिरा चौधरी, सचिवमा अर्जुन भण्डारी र जनक खडका निर्विरोध निर्वाचित भएका हुन । यस्तै नेपाली कांग्रेस वडा नं ८ को क्षेत्रीय प्रतिनिधिमा बिजय बहादुर स्वार, बल ब.बिष्ट, इन्द्र कुवर, अमर बिष्ट, अर्जुन स्वार, बिनि प्र.जैशी, बम बहादुर बिष्ट , दिलराज गौतम , महिला क्षेत्रीय प्रतिनिधिमा धनादेबी चौधरी, रत्नादेबी उपाध्याय, शान्तिदेबी महत्तो थारुमा हरि चौधरी र शान्ती चौधरी , आदिबासी जनजातिमा बाला थापा , दलित प्रतिनिधिमा तारादेबी मिस्त्री, अपाङ्गमा दधि कुवर र खसआर्य महिलामा रितु मुडभरी कुवर सर्वसम्मत रुपमा निर्वाचित भएका नेपाली कांग्रेसका युवा नेता ललित देउवाले जानकारी दिएका छन् । वडा नं ८ को वडा कार्य समितिमा २७ सदस्यीय समिति रहेको छ ।



