Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

सबैलाई समेटेर पार्टीलाई बलियो बनाउने लक्ष्य रहेको नगर सभापतिका उम्मेदवार चलाउनेको भनाइ

सबैलाई समेटेर पार्टीलाई बलियो बनाउने लक्ष्य रहेको नगर सभापतिका उम्मेदवार चलाउनेको भनाइ

  • समाचार
  • कार्तिक ३०, २०७८ मंगलवार ०६:४२ बजे
  • 1.0K
    SHARES
  • सबैलाई समेटेर पार्टीलाई बलियो बनाउने लक्ष्य रहेको नगर सभापतिका उम्मेदवार चलाउनेको भनाइ

    नेपाली कांग्रेस लम्कीचुहा नगर सभापतिका उम्मेदार भक्तबहादुर चलाउनेले संगठन सुदृढीकरण र युवाहरुलाई प्रोत्साहन गर्नका लागि आफ्नो उम्मेदारी रहेको बताउनु भएको छ । पलपल अनलाइन टिभी संग कुराकानी गदै नेपाली कांग्रेसको तर्फबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि तथा लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष चलाउनेले राजनितिमा अग्रजको सम्मान गदै युवा पुस्ताहरुलाई अगाडि ल्याउन र संगठनलाई बलियो बनाउन नगर सभापतिमा उम्मेदारी दिएको बताउनुभयो।                                                कांग्रेसको १४ औं महाधिबेशनको वडा अबिधेशन बाट निर्बाचित लम्कीचुहाका सबै वडाका वडा सभापति तथा पदाधिकारीका साथै क्षेत्रीय प्रतिनिधिलाई हाद्धिक बधाई तथा शुभकामना दिदै आफुलाई नगर सभापतिमा विजयी गराउन सहयोग गर्न आग्रह गर्नु भएको छ । दुबै प्यानल बाट आफुलाई नगर सभापतिमा निर्बाचित गराउन सहयोग हुने विश्वास ब्यक्त गर्नु भएको छ ।                                                             अधिवेशनको समयमा नेतृत्व लिनका लागि आन्तरिक प्रतिस्पर्धा गर्नु स्वभाविक भएको बताउदै आन्तरीक निर्बाचन पछि नेपाली कांग्रेस एक ढिक्का भएर अगाडि बढ्ने बताउनुभयो । आफुले विद्यार्थी जीवनदेखि नेपाल विद्यार्थी संघ हुदै भारतमा नेपाली जनसम्पर्क समितिको विभिन्न पदमा काम गरेको र हाल वर्तमान समयमा नेपाली जनसम्पर्क समिति भारतको सहमहामन्त्री समेत भएको र राजनितिकसंगै स्थानिय निकायको निर्बाचनमा निर्बाचित भई सकेपछि आम जनता संग काम गर्ने मौका मिलेको, सबैको भावना बुझेकाले जनभावना अनुसार लम्कीचुहाको नेपाली कांग्रेसलाई अगाडि बढाई बलियो पार्टी बनाउने प्रमुख उदेश्य रहेको चलाउनेले बताउनु भएको छ ।                                   सबैलाई समेटेर पार्टीलाई थप बलियो बनाएर अगाडि बढाउने लक्ष्यका साथ आफू निरन्तर अगाडि बढ्ने सभापतिका उम्मेदवार चलाउनेले बताउनु भएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images