Logo

बुधवार, कार्तिक १२ गते २०८३

images
images
images

कैलालीमा एमालेको केन्द्रीय महाधिवेशनमा सहभागी हुनेहरू छनोट

कैलालीमा एमालेको केन्द्रीय महाधिवेशनमा सहभागी हुनेहरू छनोट

  • समाचार
  • कार्तिक ३०, २०७८ मंगलवार २०:०२ बजे
  • 1.4K
    SHARES
  • कैलालीमा एमालेको केन्द्रीय महाधिवेशनमा सहभागी हुनेहरू छनोट

    कैलाली क्षेत्र नम्बर २,३ र दलित क्षेत्र बाट नेकपा एमाले को १० औ राष्ट्रिय महाअधिवेसनमा सहभागी हुने प्रतिनिधि सर्वसम्मत छनौट भएका छन । क्षेत्र नम्बर २ बाट जिल्ला कमिटी अध्यक्ष रतन थापा ,प्रदेश कमिटी सदस्य नर बहादुर खडका, जिल्ला कमिटी सचिवालय सदस्य डेजि पान्डे, जिल्ला कमिटी सदस्य दल बहादुर बिष्ट, गजेन्द्र स्वार, धर्म बहादुर थापा महिला तर्फ प्रदेश कमिटी सदस्य तथा पुर्व राष्ट्रिय सभा सदस्य कमला ओलि ,लम्कीचुहा उप प्रमुख तथा जिल्ला कमिटी सदस्य टीकादेवि थापा ,पदमपुरा साउद बम रहेका छन ।                                                     क्षेत्र नम्बर ३ बाट रतन रेग्मी, बिष्णु प्रशाद चौधरी ,मनराज शाही नरेन्द्र बटाला ,र महिला तर्फ भजनी त्रिशक्ति नगरपालिका उप प्रमुख छाया देवकोटा सर्वसम्मत छनौट भएका छन । यस्तै दलित क्षेत्र बाट जिल्ला कमिटी सचिब दानबहादुर बिक ,बिजयी सिह मयाल, ललित परियार, मोति सिह बिक, चन्द्रबहादुर दमाई ,सत्यराज स्नेही महिला तर्फ हिरा देवि बिक र सरिता सिजापतीरहेका छन् । कार्तिक २७ गते महाअधिवेशन प्रतिनिधि छनौट गर्ने मिति तोकिएको थियोे ।                                       ३ दिन सम्म लगातार सहमतिको लागि छलफल चलेको थियो । कैलाली क्षेत्र नम्बर २ बाट ६ पुरुष खुल्ला तर्फ ३१ जना महिला तर्फ ३ सिट का लागि १० जनाको उम्मेदवारी परेको थियो । क्षेत्र नम्बर ३ बाट ५ सिट्का लागि १६ जनाको उम्मेदवारी थियो । मंगलबार नेकपा एमाले जिल्ला कमिटी सचिवालयको बैठकद्वारा महाअधिवेसन प्रतिनिधि छनौट गरेको छ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images