नेपाली कांग्रेस लम्कीचुहा नगर समितिको सभापतिमा इन्द्रबहादुर कुवँर विजयी हुनु भएको छ । विजयी कुवँर महोनसिंह राठौर प्यानल निकट हुन । कुवँरले कमल बहादुर शाहको प्यानल निकटका सभापतिका उम्मेदवार भक्त बहादुर चलाउनेलाई पछि पादै निर्बाचित भएका हुन । यस्तै नगर समितको उपसभापतिमा जनक खत्री र मन्नुदेवी चौधरी, सचिवमा मिनबहादुर बटाला र ललित देउवा लगायतका पदाधिकारी निर्बाचित भएका छन । मतदान प्रक्रियाबाट केही सदस्य शाह पक्ष बाहेक सबै राठौर प्यानलको पुरै टीम विजयी भएको छ ।



