नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर २ को प्रदेशसभा “क” को सभापतिमा गोविन्द विष्टले उम्मेदारी घोषणा गर्नु भएको छ । उपसभापतिमा तुलसी न्यौपाने, सचिवमा प्रताप मयाल र सारदा चौधरी, सहसचिवमा पूर्ण थापा र मोतिराम विष्टले उम्मेदारी घोषणा गर्नु भएको छ । उपसभापतिका उम्मेदवार तुलसी न्यौपाने लम्कीचुहा नगरपालिका वडा नम्बर ४ बाट, सचिवका उम्मेदवार प्रताप मयाल लम्कीचुहा वडा नम्बर ३ बाट र सारदा चौधरी जानकी गाउँपालिका वडा नम्बर ८ भगरैया बाट, सहसचिवमा पूर्ण थापा जानकी ८ बाट र मोतिराम विष्ट महोन्याल गाउँपालिका बाट प्रतिनिधित्व गदै उम्मेदवारी घोषणा गरेका छन । अन्य उम्मेदवार छिट्टै घोषणा गरिने कांग्रेस नेता कमल बहादुर शाहले बताउनु भएको छ । प्रदेशसभाको उम्मेदवारी घोषणा गदै नेता शाहले गोविन्द बिष्टको नेतृत्वमा रहेको जुझारु युवाको टिमलाई आफ्नो अमुल्य मतदान गरी विजयी गराई दिनहुन अनुरोध गर्नु भएको छ । क्षेत्र नम्बर २ को संघिय क्षेत्रीय सभापतिमा यस अघिनै रामबहादुर विष्टले आफ्नो उम्मेदवारी घोषणा गरि सक्नु भएको छ । १४ औं महाधिबेशन अन्तर्गत नेपाली कांग्रेस कैलालीमा मंसिर ३ गते प्रदेशसभा अबिधेशन हुदैछ ।



