Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

केन्द्रीय महाधिवेशन प्रतिनिधिमा शाहीको उम्मेदवारी घोषणा

केन्द्रीय महाधिवेशन प्रतिनिधिमा शाहीको उम्मेदवारी घोषणा

  • समाचार
  • मंसिर २, २०७८ बिहिवार १९:४१ बजे
  • 1.2K
    SHARES
  • केन्द्रीय महाधिवेशन प्रतिनिधिमा शाहीको उम्मेदवारी घोषणा

    नेपाली काङ्ग्रेसको आसन्न १४ औ राष्ट्रिय महाअधिवेसनमा कर्णाली प्रदेशको दैलेख निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाल तरुण दल कर्णाली प्रदेशका संयोजक तथा नेपाल तरुण बिभागका केन्द्रीय सदस्य राजेश कुमार शाहीले केन्द्रीय महाअधिवेसन प्रतिनिधिमा आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छ।                      को हुन शाही ?                                                                   हाल चामुन्द्रा बिन्द्रासैनी नगरपालिका ६ जम्फुकाधमा स्व: बुवा बखत बहादुर शाही र मुवा मान कुमारी शाहीका ३ भाइ छोरा मध्य जेष्ठ पुत्र हुन / उनको २०२७ साल पौष ३० गते जम्फुकाधमा जन्म भएको हो । उनलेे शंकर देव क्याम्पस बाट २०४७ सालमा आइए , २०५१ मा त्रीचन्द्र कलेज बाट बिइए उतिर्ण गर्नु भयो । २०५३ सालमा त्रीचन्द्र कलेजबाट समाज शास्त्रमा एम सम्म शिक्षा हासिल गर्नु भएको छ।                            राजनीति पारिवारिकमा हुर्केका शाही २०४७ सालमा नेपाल विद्यार्थी संघमा आवद्ध हुनु भएको हो । २०५१ सालमा त्रीचन्द्र कलेजको इकाई सभापतिको जिम्मेवारी सम्हालेका हुन ।२०५१ सालमा त्रीचन्द्र कलेजको स्ववियु सदस्यमा निर्वाचित हुनु भएको थियो ।पछि २०५१ देखि २०५३ स्वबियुको कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेर बिद्यार्थीहरुको हकहित ओकालत गरेर सबै विद्यार्थी संघसंगठनको मन जित्न सफल हुनु भएको थियो।शाही नेबिसंघ केन्द्रीय उम्मेदवार समेत बन्नु भएको थियोे । दैलेख मा२०६२ सालदेखि ग्रामीण क्षेत्रमा नेपाली काङ्ग्रेस संघसंगठनका बिस्तार गर्न सक्रिय हुनु भएको थियोे ।२०६२ मा दैलेख जिल्ला कार्यसमिति को सदस्य महाअधिवेसन प्रतिनिधि पनि हुनु भएको हो ।                                                            बिपि चिन्तन प्रतिस्ठानको केन्द्रीय सचिव को जिम्मेवारी पनि सम्हालेका थिए शाहीले । दैलेख जिल्लामा नेपाली काङ्ग्रेसलाई जनताको लोकप्रिय पार्टी निर्माण गरि पहिलो पार्टी बनाउने शाहीको मुख्य उदेश्य रहेकोले केन्द्रीय महाअधिवेसन प्रतिनिधिमा उम्मेदवारी दिएकोले आफुलाइ मतदान गरि बिजयी गराउन पार्टीका अग्रज नेता,युवा कार्यकर्ता र क्षेत्रीय प्रतिनिधिहरुलाइ शाही ले अपिल गर्नु भएको छ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images