नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कैलाली क्षेत्र नं २ प्रदेशसभा " क" को निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै महाधिवेशनको सरगर्मी बढेको छ । आज शुक्रबार हुने निर्वाचनका लागि नेपाली कांग्रेसका युवा नेता , समाजसेवी प्रताप मयालले प्रदेशसभा क बाट सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । युवा नेता मयाल विद्यार्थी राजनीति हुँदै पार्टीको राजनीतिमा समेत आएका हुन् । कोरोना कहरको समयमा स्वास्थ्य सामाग्री कैलाली क्षेत्र नं २ मा ल्याउन समन्वय गर्नेदेखि विभिन्न रोगबाट समस्यामा परेकाहरूलाई आर्थिक रकम समेत सहयोग गर्ने गरेका छन् । यहीँ जेष्ठ महिनामा मयालका बुवाको दुखद निधन भएको थियो । बुवाको १३ औं दिनको पुण्य तिथिमा कैलालीको लम्कीचुहा नगरपालिका वडा नं २ मा रहेको आइसोलेसन केन्द्रमा फलफूल वितरण गरेका थिए । युवा नेता प्रताप मयालले आफू प्रदेश क मा सचिव पदमा विजयी भए संगठन सुदृढीकरण र पार्टीलाई एक ढिक्का बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । युवा नेता मयालले सबै क्षेत्रीय प्रतिनिधि , वडा सभापति र पदेन क्षेत्रीय प्रतिनिधिहरूलाई मतदान गरि कैलाली क्षेत्र नं २ को प्रदेशसभा क मा आफुलाई अत्यधिक मतले विजयी गराउन समेत अपिल गरेका छन् ।



